किसानलाई सहयोग गरिनेछःमेयर मानन्धर

बाबुराम शर्मा (चरिकोट) – भीमेश्वर नगरपालिका र मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिं ले किसान उत्थानका लागि संयुक्त रुपमा मिलेर काम गर्ने भएका छन् । शनिबार संस्थाले आयोजना गरेको चार वर्षीय रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठी तथा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ईश्वरनारायण मानन्धरले किसान उत्थान नै अहिलेको टडकारो आवश्यकता देखिएकाले किसान हितमा संयुक्त रुपमा मिलेर काम गर्न चाहेको बताउनु भएको हो । किसानलाई दिएको अनुदान एक त लक्षित वर्गमा नपुग्ने पुगे पनि पूर्ण रुपमा काम नहुने देखिएको छ । उहाँले भन्नु भयो, “लक्षित र व्यावसायिक किसानलाई नगरले अनुदान दिने सहकारीले सहुलियत ब्याज दरको ऋण उपलब्ध गराउनुपर्ने देखिएको छ । नेपाल कृषि प्रधान देस भन्ने मान्यतालाई अँगाली दुबै मिलेर किसानलाई मजबुत बनाउनु पर्छ । किसान मजबुत बने मात्र नगर पनि मजबुत बन्छ । एक साथ मिलेर कृषिमा काम गर्ने प्रतिबद्धता जनाउँदै संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले भन्नु भयो, “सहकारीलाई दरिलो बनाउन नगरले सहकारी विभाग राख्नुपर्नेमा सहकारीहरुको धाराण रहेको छ । विभाग स्थापना भए सहकारीको राम्रो नियमन हुन्छ । नगरले सहकारीलाई मर्च गर्ने व्यवस्था पनि मिलाउन आग्रह गर्दछु । एक आपसमा गाभिएर दरिलो बनेका उदाहरण देखिएका छन् । विभिन्न प्रकृतिका नगरमा एक÷एक सहकारी हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नु भयो, “सहकारीलाई दरिलो बनाएर नगर र सहकारी संयुक्त रुपमा जनतासमक्ष जानै पर्छ । वडा अनुसारको माटोको प्रकृति हेरेर प्याकेजका रुपमा लगानी गर्न सहकारीहरु तयार छन् । वातावरण मिलाइदिने काम नगरले गर्नु पर्छ । किसान उत्थान गर्न सहकारीहरु प्रतिबद्ध छन् ।”

Loading