भीमेश्वर नगरपालिकामा कर सङ्कलनमा वडा नम्बर ३ आगाडि

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) ः आर्थिक वर्ष २०७९–८० मा भीमेश्वर नगरपालिकाका वडाहरु मध्ये वडा नम्बर तीनले सबै भन्दा बढी राजश्व संकलन गरेको पाइएको छ । नगरका नौ वटा वडाहरु मध्ये चालु आर्थिक वर्षको श्रावण देखि फागुन मसान्त सम्ममा वडा नम्बर तीनले कुल १८ लाख ४ हजार पाँचसय सत्चालीस रुपैया राजश्व संकलन गरेको पाईएको हो ।
वडाले लिन पाउने कर संकलन गर्नेमा चालु आर्थिक वर्षको यही अवधिमा वडा नम्बर छ दोस्रो स्थानमा रहेको छ । वडा नम्बर ६ ले १२ लाख ९८ हजार चारसय सत्ताईस रुपैया राजश्व संकलन गरेको भीमेश्वर नगरपालिकाको तथ्याङ्क छ । यसैगरी वडा नम्बर नौ ले ९ लाख ९ हजार छसय चवन्न रुपैया , वडा नम्बर पाँचले ७ लाख ८० हजार तीनसय पैतालिस तथा वडा नम्बर सातले ७ लाख ७२ हजार चारसय पचहत्तर रुपैयाँ चालु वर्षको आठ महिनाको अविधिमा राजश्व संकलन गरेका छन् । यस्तै वडा नम्बर दुईले सात लाख ६२ हजार छ सय नौ, वडा नम्बर एकले ४ लाख ५ हजार सातसय पैसट्ठी तथा वडा नम्बर चारले ३ लाख ३६ हजार दुई सय पचपन्न रुपैयाँ सो अवधिमा राजश्व संकलन गरेको नगरको तथ्याङ्क छ ।
वडागत रुपमा हेर्दा राजश्व संकलनका हिसावले वडा नम्बर तीन पहिलो तथा वडा नम्बर चार अन्तिम वन्न पुगेका छन् ।
भीमश्वर नगरपालिकाको तथ्याङ्क अनुसार नगरपालिका कार्यालयले भने चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ५० लाख ९० हजार तीनसय उनान्चास रुपैयाँ राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको आठ महिना वित्दा नगरले वडाहरु तथा नगरपालिका कार्यालयबाट कुल १ करोड २८ लाख ७५ हजार दुई सय सत्तरी रुपैयाँ राजश्व संकलन गरेको पाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नगरले १ करोड २५ लाख ६६ हजार छसय पैसट्ठी रुपैयाँ राजश्व संकलन गर्न सकेको भीमेश्वर नगरपालिकाको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व उठ्तिमा केही सुधार भएको जस्तो देखिएता पनि चालु वर्षको अन्तिम सम्ममा ३ करोड ३ लाख आन्तरिक आयबाट रावश्व उठाउने नगरको लक्ष्य सफलहुने मा शंका उब्जिएको भीमेश्वर नगरपालिकाका स्थानीयहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा कर सङ्कलनमा वडा नम्बर ३ आगाडि"

Leave a comment

Your email address will not be published.


*