मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार

चरिकोट, फागुन १४

दोलखाको कालिन्चोक गाँउपालिका–४ मा मुटु रोग सम्बन्धी स्वस्थ्य शिविर आयोजना हुने भएको छ । रोगको पहिचान गरौँ, अकाल मृत्युबाट बचौँ, भन्ने नाराको साथ गाँउपालिका र वडाको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने भएको हो । फागुन १७ गते हिलेपानी संस्कृत माविको प्राङ्गणमा शिविर आयोजना हुने वडाले जनाएको छ । गाउँपालिकाका विपन्न तथा आर्थिक रुपमा कमजोर वर्गका मुटु रोगीहरुलाई लक्षित गरी शिविर आयोजना गर्न लागिएको वडा नं. ४ वडाध्यक्ष दिपक खुलालले बताउनु भयो । असन्तुलित खानपिन तथा शारिरीक व्यायामको अभावले मुटु रोगीको संख्या बढ्दै गएको पाइएकोले सो को पहिचान तथा उपचारका लागि शिविर आयोजना गरिएको उहाँले बताउनु भयो । आर्थिक अभाव र भौगोलिक विकटताका कारण उपचारबाट वञ्चित मुटु रोगीहरुलाई गाउँमै सेवा उपलब्ध गराउने शिविरको उद्धेश्य रहेको वडाध्यक्ष खुलालको भनाई छ । शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र बाँसबारी, काठमाडौंको बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्ने छन् ।

Shares

Be the first to comment on "मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुने"

Leave a comment

Your email address will not be published.


*