वित्तीय सुशासन जोखिम मूल्यांकन सम्बन्धी प्रशिक्षण सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकन विषयक जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिको समन्वयमा प्रदेश सुशासन केन्द्रको आयोजनामा बुधबारदेखि कार्यक्रम सुरु भएको हो । स्थानीय तहमा वित्तीय सुशासन कायम गराउने उद्देश्यले तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानीले सुशासनमैत्री स्थानीय तहका लागि जिससको तर्फबाट समन्वय र सहकार्य भइरहेको बताउनु भयो। स्थानीय तहमा वित्तीय जोखिम न्यूनीकरण गरी वित्तीय सुशासन अभिबृद्धि गर्न जरुरी रहेकोमा उहाँले जोड दिनु भयो। स्थानीय तहमा वित्तीय विकृति बढ्दा विकास निर्माण र सेवा प्रवाहमा प्रभाव पर्ने उल्लेख गर्दै अनिवार्य वित्तीय शुसासन कायम गरिनुपर्ने उहाँको विचार थियो।
स्थानीय तहमा सुशासन प्रवद्र्धनका लागि प्रदेश सुशासन केन्द्रले समन्वय, सहकार्य र क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको केन्द्रका कार्यकारी निर्देशक विमल पोखरेलले बताउनु भयो। उहाँले पदाधिकारी तथा प्रशासनिक कर्मचारीको प्रशासनिक एवं व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्न केन्द्रले विभिन्न विभिन्न गतिविधिहरु गरिरहेको जानकारी उहाँले दिनु भयो ।
निर्देशक पोखरेलले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीले ऐन, नियमको परिपालना गरेर संस्थागत सुशासन कायम गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा स्थानीय तहका योजना प्रमुख, लेखा, सुचना प्रविधि अधिकृत, वित्तीय सुशासन जोखिम मूल्यांकन फोकल पर्सनहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई केन्द्रका निर्देशक पोखरेल, उपनिर्देशक गोपाल शर्मा सहित अन्य कर्मचारीले प्रशिक्षण दिइ रहनु भएको छ । शुक्रबार पालिका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई प्रशिक्षण दिइने आयोजकले बताएको छ ।

Shares

Be the first to comment on "वित्तीय सुशासन जोखिम मूल्यांकन सम्बन्धी प्रशिक्षण सुरु"

Leave a comment

Your email address will not be published.


*