निर्दयी बन्दै समाज

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा बैतेश्वर गाउँपालिका– ७ का २३ वर्षीय विश्वराज श्रेष्ठले मंगलबार बससँग मोटरसाइकल ठोक्किँदा ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका “७ स्थित १६ किलोमा उक्त दुर्घटना भएको थियो । दुर्घटना हुँदा उनको पीडादायीक फोटो सामाजिक संञ्जालमा सार्वजनिक भएको छ । उनले उद्धारका लागि उनको वरीपरी बसेकालाई अनुरोध गरेका थिए रे । तर, सार्वजनिक फोटो खिच्ने मानिसहरु फोटो खिच्न र भिडियो खिच्न व्यस्त देखिन्छ । घाइते उद्धारको लागि चित्कार गर्दछ । उनले पटक पटक पानी माख्छन् । त्यही भएकाहरु उद्धार गर्नु त परै जावोस पानी समेत दिदैन । निर्दयी समाज अहिले समाजिक सँञ्जालमा भाइरल हुने चक्करमा फोटो र भिडियो खिच्न व्यस्त हुन्छ । घटनास्थलमा उभिएको भिडले उनको उद्धारमा चासो गरेन, उल्टै केही मानिस त्यो हृदयविदारक तस्बिर र भिडियो खिच्न लागिरहेको देखिन्छ । समाजिक सञ्जालमा फोटा र भिडियो हाल्न व्यस्त छ । उनीहरु सामाजिक सञ्जालको लाइक र भियुमा हेर्न व्यस्त छ । उनीहरुलाई युबकको चित्कारसँग मतलव नै छैन । नजिक भएका मानिसले मानविय भाबना नदेखाउदा अस्पतालमा वेलै नपुगेर यो घटनामा देशको एउटा युवकले ज्यान गुमाउन प¥यो ।
त्यो फोटा र घटना स्थलबाट आएका व्यक्तिको भनाई सुन्दा नेपाली समाज अहिले समाजिक हुन छोडेछ । विस्तारै हाम्रो सामाजिक भन्दा व्यक्तिबादी हुदै गएको देखिन्छ । एउटा युवा दुर्घटना रोएर बस्छ , उसले परिवारलाई फोन लगाइदिन र छिटो उद्धार गरेर अस्पताल लैजान चित्कार गर्दछ । उसको चित्कारलाई वरीपरी बसेहरुका सुने नसुनै गरे बस्छ । यस घटनाले हाम्रो समाज विस्तारै निर्दयी हुदै गएको देखाएको छ। अर्को तर्फ सार्वजनिक फोटामा प्रहरी घाइतेको उद्धारको गर्नुको साटो उसको बारेमा नै सोधखोज गर्न व्यस्त रहेको देखिन्छ । प्रहरीले पनि रगताम्भे युवकलाई बचाउन पहिलो प्राथमिकता राख्नुको साटो उ पनि आफ्नो डिउटी निभाउन व्यस्त देखिन्छ । प्रहरीले पनि पहिले युवा छिटो अस्पताल लैजान प्राथमिकता देखाएको देखीदैन । समाज यसरी यो घटना जस्तै निर्दयी हुने हो भने हाम्रो समाजमा एकअपासमा रहेको सदभाब हराएर जाने छ । भोलीमा दिनमा यस्ता घटना भएमा यही युवक जस्तै बेलै उपचार नपाएर धेरैैले ज्यान गुमाउने छन् ।

Shares

Be the first to comment on "निर्दयी बन्दै समाज"

Leave a comment

Your email address will not be published.


*