नेपाली कांग्रेस दोलखाको सभापति पदमा भोली बर्मा लामा र तारा खड्का बिच चुनाब हुने

चरिकोट (दीस) –नेपाली कांग्रेस दोलखाको सभापति पदमा निर्वाचन भोली बर्मा लामा र तारा खड्का बिच चुनाब हुने भएको छ । हिजो र आज जिल्ला सभापति पदको निर्वाचनमा कुनै उम्मेदवारको ५१ प्रतिशत नपुगेको कारण दोस्रो चरण अन्र्तगत भोली निर्वाचन हुने भएको हो ।नेपाली कांग्रेसको बिधानमा पार्टी सभापतिको लागि कुनै पनि उम्मेदवार ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने प्रवाधानको कारण भोली निर्वाचन हुने भएको हो । आज खसेको १५ सय ४५ मतमा बर्मा लामाले ६सय ४३ ल्याउनु भएको थियो । दोस्रो मत तारा खडकाले ३सय ९७ मत तथा तेस्रो मत रुद्र खड्काले ३ सय ५८ तथा चौथो केशब चौलागाई ९५ मत प्राप्त गर्नु भएको थियो । हाल सभापति रुद्र खडकाले तेस्रो हुनु भएको छ ।

Shares