मौलिक संस्कृतिको संरक्षणका लागि दोलखा लोक तारा ‘२०७६’ हुने

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन १५

पर्यटकिय जिल्ला दोलखामा पहिलो पटक मौलिक संस्कृतिको संरक्षणका लागि दोलखा लोक तारा ‘२०७६’ आयोजना गरिने भएको छ ।

दोलखाका विभिन्न स्थानका लुकेका प्रतिभाको खोजी गरि लोक गीतसंगीतको संरक्षण गर्दै मौलिक संस्कृतिको संरक्षणमा टेवा पू¥याउने उद्धेश्यका साथ आगामी असोज १७ गते दोलखा लोक तारा ‘२०७६’ आयोजना गर्न लागिएको हो ।

साथै दोलखालाई सांस्कृतिक र पर्यटकिय पहिचानको रुपमा प्रचार गर्न राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दोलखाले लोक ताराको आयोजना गर्ने भएको  समितिका ,सदस्य  लोकगीत सर्जक राज श्रेष्ठ (गोकर्ण) ले बताए ।
लोकतारामा प्रथम हुनेले नगद ५५ हजार, द्धितिय हुुनेले नगद ३३ हजार र तृतिय हुनेले नगद १० हजारसहित ट्रफि प्रमाणपत्र पाउने उनले बताए ।

फाराम बुधबारबाटै खुल्ला गरिएकोले लोकताराका लागि दोलखावासीले फाराम भर्न सक्नेछन् । फाराम भर्नका लागि अन्तिम मिती असोज १० गते सम्म रहेको श्रेष्ठले बताए । कार्की बुक्स स्टेशनरीबाट हाल फाराम पाउन सकिने समितिका ,सदस्य संगम भण्डारीले बताए ।

Shares