सहकारीको स्थापना दिवसमा रक्तदान

सहकारीको स्थापना दिवसमा रक्तदान

दीक्षण समाचार
चरिकोट, साउन ७
दोलखाको तामाकोशी गाउँपालिकामा अवस्थित महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार वडा नं. ५ स्थित किर्नेमा सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै “रक्तदान, जीवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रसा सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सहकारीका पदाधिकारी, कर्मचारी लगायत गरी ३७ जनाले रक्तदान गरेका थिए । सहकारीले स्थापना दिवसमा रक्तदान कार्यक्रम गरी जीवन बचाउन पूण्यको गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले सहकारीको प्रसंशा गर्नुभयो ।

Shares