स्वास्थ्य सेवा दिन हाम्रो टिम तयार छ

डाक्टर विनोद दंगाल दोलखा जिल्लामा रहेर विगत १२ बर्ष देखि निरन्तर स्वास्थ्य क्षेत्रमा अवल भूमिका निर्वाह गर्दै आउनु भएको छ । २०७९ पौष महिनाबाट डाक्टर दंगालले दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर –६ स्थित सदरमुकाम चरिकोट पाटी खोलामा अवस्थित एक सय शैयाको च्छो –रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटबाट रहेर सेवा प्रवाह गर्दै आउनु भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु, दक्ष स्वास्थ्य प्राविधिक उत्पादन र रोजगारको अवसर प्रदान गर्नु मुख्यलक्ष्य रहेको च्छो–रोल्पा जनरल अस्पताल अस्पतालको मेडिकल डाइरेक्टरको भूमिकामा रहनु भएका गोल्ड मेडलिष्ट एमडिजिपि डाक्टर विनोद दंगालले दीक्षण सहकर्मी संग गरिएको कुराकानी ।
आफ्नो संक्षिप्त परिचय दिनुहोस ?

सिन्धुपाल्चोक जिल्लाको कल्लेरी – ६ भन्ने ठाउँमा बुबा कमल प्रसाद दंगाल र आमा पून माया दंगालको कोखबाट जन्मिएको हुँ ।

स्वास्थ्य क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहनु भएको छ, यहाँको शैक्षिक योग्यता र कार्य अनुभवको बारेमा प्रष्ट पारिदिनु हुन्छ कि ?
मेरो आधारभूत स्वास्थ्य शिक्षा आफैँ जन्मिएको ठाउँ सिन्धुपाल्चोकको मेलचौरबाट शुरु भएको हो । एस.एल.सी भानुभक्त मेमोरियल विद्यालयबाट, १० जोड दुई साइन्स निष्ट कलेज, एमविविएस चीनको थ्री गर्जेज युनिभर्सिटिबाट गरेको हुँ । एमडिजिपि चाहिँ त्रिभुवन विश्वविद्यालयबाट, एमपिएच भारतको पारुल विश्वविद्यालयबाट उत्तीर्ण गरेको हुँ । अुनभवको कुरा गर्नुपर्दा १२ बर्षदेखि निरन्तर यहि पेशामा आवद्ध छु । झण्डै ७ बर्ष सरकारी अस्पतालमा रहेर कार्य गर्दा सामान्यदेखि जटिल प्रकृतिका विरामीहरुलाई सेवा दिँदा आईपर्ने चुनौति, सफ्ठ्यारो अफ्ठयारो दुवै पाटो भेटेको छु ।

– यस अघि जिल्ला कै सरकारी अस्पतालमा रहेर लामो समय सेवा दिए भन्नु भयो अहिले नीजि अस्पतालबाट सेवा दिदैं हुनुहुन्छ । नीजि अस्पतालमा महंगो शुल्क हुन्छ भन्ने आम मानसिकता छ नि?


यो भूगोलमा रहेर काम गरेको वर्षौ भयो । मैले दोलखालाई कर्म भूमी बनाएको छु । त्यसैले दोलखामा बसेर स्वास्थ्य सेवा गर्दै आएको छु । विरामीसँग सरकारी नीजि,तथा गै¥हसरकारी संस्थाको सहकार्य उपचार गर्न पाएको त्यो नै मेरो खुसी कुरा हो । त्यसैले मैले दोलखालाई कार्यक्षेत्र बनाएको छु । अहिले दोलखामा वसेर उपचार गर्ने अठोट कारण नीजि अस्पतालबाट उपचार गर्ने निधो गरेको छु । सोही कारण च्छोरोल्पा अस्पतालसँग जोडिएको छु । आर्थिक रुपमा सम्पन्न र विपन्न विरामीहरुसँग म साक्षात्कार छु । यो अस्पताल सेवामूखी अस्पताल हो । जुनसुकै वर्गका मानिसहरुलाई सहज र सर्वशुलभ मूल्यमा उपचार दिन सकौं भन्ने हो । मंहगो कुरा गर्नु भयो, भन्नेहरुका लागि मंहगो हुन सक्ला तर यस अस्पतालमा उपचार गराउने विरामीहरु हाम्रो सेवा सुविधामा विश्वस्त हुनुहन्छ भन्ने कुरामा म ढुक्क छु र सेवा उपयोग गर्न पनि अनुरोध गर्दछु । यो सँगै म अर्कौ कुरा जोड्न चाहान्छु आर्थिक अभावकै कारण यो अस्पतालबाट उपचार नपाएर कुनै विरामी फर्कनु पर्दैन । स्वभाविक रुपले यो अस्पताल नीजि अस्पताल हो तर सवैको पहुँच पुग्ने अस्पताल भएकोले निसंकोच सेवा लिन आउनका लागि म सम्पूर्ण सेवाग्रहीमा अुनुरोध गर्न चाहान्छु । विपन्न समुदायको विरामीलाई निःशुल्क र आवश्यकता अनुसार आशिंक छुट दिएर पनि सेवा दिने छौ.।

सवै खाले सेवा प्रवाह गर्छौ भन्नु भएको छ । यस अस्पतालमा के –के सुविधा छन् ? अव्वल सेवा दिन सक्छौ भन्नु भएको छ यसका आधारहरु के के हुन् ?

यो अस्पताल जिल्लाको सवै भन्दा ठूलो नीजि अस्पताल हो । हामीले अत्याधुनिक प्रविधिका मेसिनहरु प्रयोगमा ल्याएका छौं । हामीले सञ्चालन गरेको प्रयोगशालामा सवै खाले जाँचहरु हुन्छन् हामीसँग दक्ष प्राविधिक र प्रविधि छ । सँसगै हमीले अस्पतालमा कार्यरत कर्मचारीको क्षमता अभिबृद्धिका लागि ऋःभ् कक्षा सञ्चालन गरिरहेका छौं। उपचारको लागि चाहिने सबै आधार लिएर नै मैले काम शुरु गरेको हुँ । यो सँगै असहाय,अपाङग तथा विपन्न विरामीलाई औषधी बाहेक अन्य सेवामा आवश्यकता अनुसार निशुल्क तथा छुटको व्यवस्था । चौवीसै घण्टा इर्मर्जेन्सी सेवा ,अत्याधुनिक मेशिनबाट सञ्चालित प्रयोगशाला सेवा, भिडियो एक्स रे,(फोरडी) ,इसिजी, ईन्डोस्कोपि सेवा ,इको सेवा ,एक्स –रे सेवा (डीआर) ,प्रसुति जाँच तथा प्रसूति सेवा ,फिजियोथेरापी सेवा ,शल्यक्रिया सेवा ,अक्सीजन सेवा ,फार्मेसी सेवा,घरमै पुगेर उपचार सेवा प्रदान गर्ने ,एम्बुलेन्स सेवा लगायतका सेवाहरु रहेका छन् ।

– च्छो–रोल्पा जनरल अस्पताको मेडिकल डाईरक्टर भएर कार्यभार सम्हाल्नु भएको छ । भावी योजना के –कस्ता छन् त ?
जनमुखी सेवाको लागि म निरन्तर लागि रहने छु,सेवा जहाँबाट दिए पनि जनताले नै पाउने हुन् । जनताले खोजेको सेवा सुविधाको लागि च्छो –रोल्पा अस्पताल सेवाग्राहीको पहिलो रोजाईमा पार्नका लागि मेरो अथक प्रयास रहने छ । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारको पहुँचमा नआएका सेवाग्राहीलाई सर्वसुलभ मूल्यमा अथवा निःशुल्क उपचार गराउन पहल गर्ने छु ।
दोलखा जिल्लाभरका स्वास्थ्य संस्थाबाट काठमाण्डौं प्रेशण गर्नु पर्ने विरामीहरुलाई अवका दिनमा यहि अस्पतालबाट सेवा दिनको लागि सेवा सुविधाको विस्तार गर्ने छु । आजको दिनमा पनि थुप्रै विरामीहरु दोलखाबाट रेफर हुने गरेका छन् । ती विरामीलाई यहि अस्पतालबाट उपचार दिन सक्नु हामी सवैको लागि गौरवको विषय हुने छ । दोलखा जिल्लाभरीको स्वास्थ्य संस्थाको प्रेषण केन्द्रको रुपमा यस अस्पताललाई विस्तार गर्ने पनि मेरो योजना हो । अव हामी केहि समय पछि सवै पालिकासँग जोडिएर काम गर्ने नीति बनाउँदै छौ । पहिलो चरणमा विरामी छनौट शिविर सञ्चालनको लागि प्रस्ताव पत्र तयार गर्दै छौ । केही दिनमै हामी सम्पूर्ण पालिका पालिकामा गएर पनि समन्वय गरेर जनतालाई सेवा दिन प्रयास गर्ने छौं। साथै भविष्यमा मेडिकल कलेज वा विश्वविद्यालयसँग साझेदारी गरी विशेषज्ञ सेवा जस्तै ल्यापरोष्कोपी शल्यक्रिया गर्ने अनि अन्तराष्ट्रिय संस्थाहरुसंग समेत साझेदारी गरी विविध स्वास्थ्यका कार्यक्रम थप्दै जाने छौं ।

– बेलावखत विभिन्न रोगहरुको महामारीले समाज आक्रन्त छ, कोराना भाईरस फेरी फैलिन सक्ने भन्दै सचेत रहन सरोकारवाला निकायाले आग्रह गरेको अवस्था पनि छ, फेरी यस्ता महामारी फैलियो भने यस्तो अवस्थामा अस्पतालको भूमिका कस्तो हुन्छ?

जस्तो सुकै अवस्थामा उपचार दिनको लागि हाम्रो टिम तत्पर नै छ । कुरा रहयो महामारीको प्रकोपको, कोभिड १९ को उचार कक्षको लागि हामीसँग पहिले नै वीस शैया तयारी अवस्थामा छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण हिसावले हामी तयारी अवस्थामानै छौ । जसका लागि हामी जिल्लाको स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायहरुसँग पनि छलफल समन्वय गरिनै रहेका छौं ।

– अन्त्यमा थप केही ?

खासै छुटेको त छैन । हामी उत्कृष्ट र विशेषज्ञ सेवा दिनको लागि प्रयासरत छौं ।
सरोकारवाला सबैको साथ सहयोग र सुझाव आयो भने अवका दिनमा कसरी अघि बढ्ने भन्ने प्रेरणा मिल्न सक्छ । ढुक्क भएर च्छो –रोल्पा जनरल अस्पताल प्रा.लि मा उपचार गर्न आउनुहुन म सवै वर्ग र समुदायमा अनुरोध गर्न चाहान्छु । धन्यवाद ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "स्वास्थ्य सेवा दिन हाम्रो टिम तयार छ"

Leave a comment

Your email address will not be published.


*