कवाडीकोबारे छानबिन गर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

तामाकोसी जलविद्युत निर्माण सम्पन्न भएसँगै दोलखामा कवाडी ओसारपसारले चर्चा पायो । केही बर्ष अगाडी छिमेकी जिल्ला सिन्धुपाल्चोकमा रक्तचन्दन ओसारपसार गर्ने बेला राती राती युवाको गस्ती हुने गरेको थियो । युवा बिच ग्याङ फाइट हुने गरेको थियो । केही महिना अगाडी देखी दोलखाको उत्तरी क्षेत्रमा यस्तै हुने गरेको छ । अहिले पनि बेलाबेलामा यसले चर्चा पाउने गरेको छ । अहिले पनि कवाडीको सामान रातरात पार गरेको बजारमा चर्चा रहेको छ । त्यसको बिक्री भइसकेको बजारमा हल्ला रहेको छ ।
तामाकोसी निर्माण गर्न छिमेकी देश चीनको अन्तराष्ट्रिय कम्पनी सिनो हाइड्रो पावरले भौतिक निर्माणको जिम्मा पाएको थियो । उसले सो काम सम्पन्न गरेर अहिले तामाकोसी जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिसकेको छ । भौतिक निर्माण उसले चीनबाट नै सामान ल्याएको थियो । उसले आयोजना सम्पन्न गरिसकेको उसले चाहेको भौतिक निर्माणमा प्रयोग हुने सबै उसका साधन लान दिने बाताबरण सरकारी निकायले दिनु जरुरी रहेको छ । चीनबाट ल्याएका सामग्री बाहेक तामाकोसी निर्माणमा प्रयोग भएर बाँकी रहेका सामग्री सरकारी निकाय छुट्याएर त्यसको सरकारी बिधीबाट निकास दिनु जरुरी रहेको छ । सिनो हाइड्रोले पनि आफ्नो सामान बाहेक कवाडी पनि आँखा लगाएको पनि बजार हल्ला रहेको छ । यदी त्यो हो भने, सरकारी निकायले सिनोहाइड्रोको सामान कुुन हो र तामाकोसी निर्माण पछि धेरै भएर कवाडीमा परिणत सामाग्री कुन हो भनेर छुट्याउनू जरुरी रहेको छ । सिनोहाइड्रोले निर्माण गर्न ल्याएका सामान लैजाने बताबरण बनाउनु आबश्यक छ । यदी सो कम्पनीलाई पनि गोलमोटलमा समान लैजान दिने हो , यसमा पक्कै गडबढ छ भन्नेहरुको शंका जायज हुन्छ । त्यसैले कानुन पालना गर्ने निकायले शंकाको निबारण गर्न छिटो छानबिन गरी निकास दिनु जरुरी रहेको छ ।
पछिल्लो दोलखाको उत्तरी क्षेत्रमा शक्ति आडमा कानुन मिचेर गतिबिधी हुने गरेको गुनासो आउने गरेको छ । त्यसलाई रोक्न प्रशासन पनि चनाखो हुनु जरुरी रहेको छ । शक्ति आडमा हुने धन्दा रोक्ने काम तथा कानुनको पालना गर्ने काम प्रशासनको हो । शक्ति कै पछि लागेर कानुनको पालन नगर्ने हो भने राज्य अराजकतामा जाने पक्का छ । कवाडी सन्र्दभमा छानविन गरी निकास दिनु जरुरी रहेकोछ ।

Shares

Be the first to comment on "कवाडीकोबारे छानबिन गर"

Leave a comment

Your email address will not be published.


*