फुटवल खेलाडीले दिए खुसीको सन्देश

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नेपाली क्रिकेटका खेलाडीले देशको शिर उच्च वनाएका छन । पछिल्लो समय नेपाली फुटवल खेलाडीले पनि त्यसको बाटो तय गरेका छन । जारी सार्फ फुटवलमा नेपाली खेलाडीले आयोजक बङगलादेशलाई २–० लाई पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको छ । २ खेल विजय साथ उच्च मनोवल आयोजक नेपालसँग खेलको आयोजक राष्ट्रलाई उसकै भुमी पराजित गर्दै हामी उपाधीको दावेदार हौ भन्ने संसारलाई सन्देश दिएको छ ।
२०७२ असोज २७ गते तत्कालीन कप्तान सागर थापासहित ४ खेलाडी म्याच फिक्सीङको आरोपमा पक्राउ परे । एक कान मैदान हुँदै फिक्सीङ काण्डले बजार तात्यो र ४ खेलाडीका कारण नेपाली राष्ट्रिय फुटबल टोलीले बेइज्जतको सामना गर्नुपर्यो । फुटबलका समर्थक निराश भए । अब नेपाली फुटबलका लागि कालो दिन आयो भनेर धेरैले चिन्ता व्यक्त गरे । त्यहीबीचमा नेपालले माघमा टिम तयार पार्दै बंगलादेशमा आयोजना भएको बंगबन्धु कपमा सहभागिता जनायो । वर्षौंदेखिको खडेरीलाई तोड्दै नेपालले उपाधी जित्दा त्यस निरासालाई विर्साउने काम ग¥यो ।
त्यसपछि भारतीय नाकाबन्दीको सामना गरेका नेपालीलाई नेपाली राष्ट्रिय फुटबल टोलीले खुसीको उपाधी दिलायो । घरेलु टोलीलाई पराजित गर्दै नेपालले साग फुटबलमा स्वर्ण जित्दा नेपाली फुटवल अव लयमा छ है भन्ने सन्देश दिएको थियो ।
यसरी लयमा रहेको फुटवल टिमलाई माथि लान सरकारले दिर्घकालिन योजना तयार गर्नु आवस्यक रहेको छ । जव देशमा खेलको बातावरण तव मात्र देशमा राम्रा खेलाडी उत्पादन हुनेछन । राम्रा खेलाडी उत्पादन भएमा मात्र देशको गौरव राख्ने काम गर्दछन । खेलाडीले खेल जित्दा देशको नाम संसार चर चर्चा आउने गर्दछ । देशको झण्डा छिमेकी मुलुकमा फर्फरराउने गर्दछ । नागरिकले पनि गौरव महसुस गर्दछ । फुटवलमा लयमा रहेको अहिलेको टिमलाई जर्गेना तथा विकास गर्ने काम सरोकारवाला निकायले गरेमा मात्र उनीहरुले राष्ट्रको गौरव राख्ने काम गर्ने काम गर्दछन । अव ती निकायले दिर्घकालिन योजना बनाएर खेललाई आगाडी वढाउनु जरुरी रहेको छ ।

Shares

Be the first to comment on "फुटवल खेलाडीले दिए खुसीको सन्देश"

Leave a comment

Your email address will not be published.


*