मुर्ति निर्माणले पर्यटन विकासमा सहयोग पुग्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा रमणिय जिल्ला हो । देशका आन्तरिक पर्यटकको रोजाई जिल्लाको रुपमा चिनिने गरेको छ । दोलखामा अहिले आन्तरिक पर्यटकको गन्तव्य रुपमा विकास भएकोछ । ३ नंम्बर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले दोलखा देशको नै चौथो गन्तव्य रुपमा भएको केही दिन दोलखा आएको वेला मन्तव्य राखेका थिए ।
उनले भने जस्तै अहिले हिँउ परे सँगै दोलखाको कालिन्चोक पर्यटकको रोजाईमा परेको छ । त्यसैगरी पर्यटकले दोलखाको शैलूङ , लाई मन पराएका छन । शैलुङ गाउँपालिकाले पनि शैलुङलाई विषेश पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न विभिन्न कार्यक्रम ल्याएको छ । त्यो दोलखाको पर्यटन विकासमा स्वागत योग्य रहेको छ । त्यसैगरी दोलखा भिमसेनको त आफ्नै महत्व रहेकोछ । दोलखाको पर्यटन विकासमा दोलखा भिमशेनको धार्मिक पर्यटनको ठुलो योगदान रहेको छ ।
हनुमन्तेडाँडामा विश्वकै अग्लो हनुमानको मूर्ती स्थापना हुने सामाचार वाहिर आएकोछ । गौरीशंकर गाउँपालिका, जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाको संगम हनुमन्ते डाँडामा हनुमानको मूर्ती राख्ने प्रक्रिया अघि बढेको जनाइएको छ ।
स्थानीय सरकार र प्रदेश सांसद विशाल खड्काको पहलमा मूर्ती स्थापना गर्न लागेको हो । हनुमानको मूर्ती स्थापना र हनुमन्ते क्षेत्रको एकीकृत अध्ययनका लागि तीन वटा स्थानीय तहले चासो देखाएका छन् ।
समुन्द्री सतहवाट ३०५० मिटरको उचाइमा अवस्थित हनुमन्ते पर्वत भौगोलिक हिसाबले दोलखा जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्दछ । जिरी नगरपालिका, गौरिशंकर गाँउपालिका र बैतेश्वर गाउँपालिकाको सिमाक्षेत्रमा फैलिएको हनुमन्ते पर्वत श्रृंखला प्राकृतिक रुपमा मात्र नभई धार्मिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण रहेको छ ।
प्रशिद्ध गौरिशंकर हिमाल लगायत रोल्वालिङ हिमश्रृंखलाको दर्जन बढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने यस पर्वतबाट पूर्वमा नुम्बुर हिमाल र पश्चिममा गणेश हिमाल, लाङटाङ हिमाल लगायत चिनतर्फका समेत अधिकांस हिमालको तथा उच्च पहाडहरुको दृष्याबलोकन गर्न सकिन्छ ।
प्रशिद्ध कालिन्चोक भगवती, भिमेश्वर मन्दिर, च्योर्दोङ्ग, महाभारत पर्वतमालाको सबैभन्दा उच्च टाकुरा शैलुङ लगायत दोलखाको करिव ९० प्रतिशत भुभाग सहित रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, ओखलढुङ्गा, सिन्धुली र सोलुखुम्बुको केहि उच्च भुभागहरु एकै स्थानमा बसेर देख्न सकिन्छ ।
हिन्दु धार्मिक ग्रन्थ रामायणका अनुसार महापुरुष रामकी श्रीमती सितालाई लंकाका राजा रावणले हरेर लगेपछि भएको युद्धमा रावणले प्रहार गरेको व्रम्हाअस्त्र रामका भाई लक्ष्मणलाई लागेपछि मृत्युशैयामा चिच्याईरहेका उनको उपचार संजिवनी वुटिको रसले मात्र गर्न सक्ने लंकाका वैद्यहरुले (प्रमुख बैध सुनैना भनी उल्लेख गरिएको) वताए पछि हनुमान उक्त संजिवनी वुटि खोज्न हिमालय पर्वत तर्फ गएको रामायणमा उल्लेख छ । यस्तो महत्व वोकको धार्मिक स्थल विकास गर्न मुख्य मन्त्री डोरमणी पौडेलले भने जस्तै दोलखालाई देशको नै चोथो गन्तव्य बनाउन दोलखा सम्भावना बोकेका अरु स्थानको पनि विकास गर्नु जरुरी रहेकोछ । यसले दोलखा विकास मात्र नभएर देशको पर्यटन विकासका सहयोग पुग्नेछ ।

Shares

Be the first to comment on "मुर्ति निर्माणले पर्यटन विकासमा सहयोग पुग्ने"

Leave a comment

Your email address will not be published.


*