विद्युतको समस्या समाधान गर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखामा विद्युत अनियमित हुनाले जनताले हैरानी खेप्दै आएका छन । विद्युत अनिमित भएको कारण व्यापार व्यवसाय समेत असर परेको छ । त्यसको मार जनता प्रत्यक्ष परेका छन । दोलखाको विद्युत कति जान्छ त्यसको पत्तो समेत हुन्न । यो समस्याले जनता हैरानीमा छन । अहिले दोलखामा अघोषित लोडसेडिङ जस्तै रहेको छ । त्यसको जवाफ नेपाल विद्युत प्राधिकरणले समय अनुसार फरक फरक आउने गरेको छ ।
नेपाल विद्युत प्राधिकरण दोलखा शाखा अहिले विद्युत ओभरलोडको कारणले हैरानी खेप्दै आएको बताएको छ । क्षमता भन्दा बेसी विद्युत प्रवाह भएपछि ओभरलोड भएको हो । ओभरलोडको कारण शाखाले विभिन्न समस्या भोग्दै आएको छ । शाखाले असारमा हाल दोलखामा उत्पादन भएका ६ वटा विद्युत गृहलाई पत्र लेखेर विद्युत घटाउन समेत अनुरोध गरेको छ । दोलखामा विद्युत ओभरलोडको कारण विद्युत आपुर्ती समेत असर परेको नेपाल विद्युत प्राधिकरण दोलखा शाखा जनाएको छ । अहिले दोलखाको विद्युतको टा«न्समिसन लाइन क्षमता १४ मेघावट रहेको छ । वर्षाको समय दोलखामा अहिले १७ मेघावट भन्दा बेसी विद्यूत उत्पादन हुने गरेको छ । अचम्म कुरो छ प्राधिकरण विजूली नपुगेर हिँउदो समयमा भारतबाट विद्युत खरीद गरेर लोड सेडिङ अनत्य गरेको छ । तर प्रसारण लाइन अभाबमा विद्युत बर्षाको समयमा खेर गएको छ । त्यो भनेको सरकारलाई ठुलो घाटा हो ।
यसको मुल समस्या भनेको २ वर्षमा पूरा गर्नुपर्ने प्रसारण लाइन ८ वर्षसम्म निर्माण नहुँदा यस्तो समस्या आएको हो । दुई वर्षमा पूरा गर्ने गरी ८ वर्ष अघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम सुरु समेत हुन सकेको छैन । यदी यो प्रसारण लाइन छिटै नबनेमा झन समस्या आउने प्राधिकरण अधिकारीको भनाई रहेको छ । अर्को तर्फ प्रसारण लाइन नबन्दा दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गइरहेको छ ।देशमा यसरी उत्पादन भएको विद्युत खेर जानु राष्ट्रले घाटा बेर्हेानु हो । यसरी ठिला भएको प्रसारण लाइन निर्माण ढिला गर्नू हुन्न । जति ढिला भयो । त्यती नै उत्पादन भएको विद्युत खेर जाने छ । त्यस तर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी रहेको छ । अर्को तर्फ प्राधिकरणले पनि विजुली नियमित वनाउने बातावरण बनाउनु जरुरी रहेको छ ।

Shares

Be the first to comment on "विद्युतको समस्या समाधान गर"

Leave a comment

Your email address will not be published.


*