सडक निर्माणमा खबरदारी गर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

२ हप्तापछि नेपालीहरुको महान पर्व दशै आउदै छ । दशैमा शहरबाट आफ्नो जन्म स्थल तथा आफ्नासँगै दशै मनाउनेहरुको लर्को हुन्छ ।यो बर्ष असोज लाग्दा समेत मनसुन कम हुन सकेको छैन । हालसम्म बर्षा हुने क्रम जारी रहेको छ । बर्षाको कारण ग्रामिण सडकको अबस्था अहिले पनि दुरदशामा रहेको छ । अहिले सडकमा यात्रा गर्न सडक ज्यानमारा भएका छन् । कुन बेला कता दुर्घटना हुने त्यसको पत्तो छैन ।दोलखाको सन्र्दभमा अरनिको राजमार्ग स्तरउन्नोति जिम्मा मुडे देखी चरिकोट सडक खण्ड दुरदशा अहिले पनि रहेको छ । निर्माण गर्ने समय सकिएको पाँच बर्ष पुग्दा समेत कहिले सडक निर्माण हुने अहिलेसम्म अत्तोपतो छैन । सडक निर्माण तथा नियमन तथा कार्यान्वयन गर्ने कार्यालयमा ४ जना प्रमुख फेरिदा समेत सडकले अहिले निर्माण हुन सकेको छैन । केही किलोमिटर सडक निर्माण भए पनि त्यो पनि झारा टार्ने जस्तै भएको छ । त्यो अहिले भत्किन थालेको स्थानीयले बताउदै आएका छन् । दोलखामा सडक निर्माण बिभिन्न समयमा नागरिक अगुवाले आन्दोलन गरेका थिए । अहिले दोलखाका नागरिकले सडक बनाउ भनेर थाके छन् । सडक निर्माणको जिम्मा लिएका ठेकेदार साबको अत्तोपतो नभएपछि सडक अलपत्र भएको छ । सडक निर्माण गति लिनको लागि निर्माण व्यबसायी सडक बनाउन नियमन निकायले ताकेता गर्नु पहिलो आबश्यकता रहेको छ । अहिलेको कम्पनीले सडक निर्माण पुरा गर्ने अबस्था नभए ठेक्का रद्ध गर्नु जरुरी रहेको छ । नयाँ ठेक्का गर्नु जरुरी रहेको छ । एउटा तर्क ठेक्का रद्ध गर्दा रकम नहुने निर्माण व्यवसायीले अदालत जाने र झन सडक निर्माणमा ढिला हुने तर्क कार्यालयबाट हुने गरेको छ । जनताको प्रत्यक्ष सरोकार राख्ने सडक निर्माणमा बिभिन्न बाहना गर्नु र सडक बनाउने बजेट बनाउन रकम हुदैन, भन्ने तर्क न्याय संगत होइन । राजर्माग जस्तो संबेदनसिल सडक बनाउन सरकारसँगै रकम पुग्दै भन्नु पनि जनताले सरकारलाई कर के लागि बुझाउने प्रश्न आँउछ ? जनताको सरोकार राख्ने सबै क्षेत्रले ताकेता गर्नु जरुरी रहेको छ ।

Shares

Be the first to comment on "सडक निर्माणमा खबरदारी गर"

Leave a comment

Your email address will not be published.


*