पार्टी एकिकरणमा सानातिना असन्तुष्टि स्वभाविक हो –पोखरेल

ताजा समाचारको लागि फलो गर्नुहोस ।

पुर्व नेकपा एमाले दोलखाका जिल्ला अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी एकिकरण कार्यदलका सदस्य इश्वर चन्द्र पोखरेलसंग पार्टी एकिकरणको सम्बन्धमा गरिएको कुराकानी
कसैले नसोचेको असम्भव भनिरहेको कुरा कम्यूनिष्ट पाटिको एकिकरण भएको छ र यो कसरी सम्भव भएको होला, पुर्व एमाले दोलखाको पार्टी प्रमुख भएको हुँदा तपाईको कस्तो अनुभव र भूमिका रहेको छ ?

पार्टी एकिकरण एउटा अत्यन्तै सुखदायी नेपालकै इतिहाँसमा सुखदायी संसारकै घटनामा पहिलो घटना जस्तो भयो र अहिले संसरका कम्न्युष्ट हरु हाम्रो देशमा सिक्क आइ रहेका छन् । कसरी भयो नेपालमा यस्तो भनेर संसारका कम्यूनिष्टहरु नेपालको एकतालाई हेरी रहेका छन् । मैले यो किन कुरा गरे भन्दा पार्टी एकिकरण एउटा आफैमा ठुलो महाअभियान हो । मुल अभियान पाटी एकिकरण भएको हुँदा त्यस भित्र परि आउने साना सांघुरा कुरा लाई हामीले सामान्य ठान्नु पर्छ । ति कुरालाई पनि मैले ठुलो ठानेको छैन् । आज आएर दोलखाको कम्यूनिष्टहरु खुसी छौ । पार्टी एकिकरण सम्भव छैन भनि रहँदा हामीले सम्भब छ भनेका थियौ त्यो आज आएर पुरा भएको छ । किन भने जव पुर्व माओवादी शान्ती सम्झौता गरेर आएको थियो त्यहि वेला देखि एउदै बिचार सिद्धान्त भएको उस्तै प्रकृतीका दुई कम्यूनिष्ट पार्टी रहन सक्दैन भन्ने थियो र आज आएर त्यो कुरा पुष्टि भएको छ । यो क्रममा दोलखाको पार्टी एकिकरण गर्ने सन्र्दभमा मुल जिम्मेवारी पार्टी केन्द्रीय कमिटिले दिएको जनदेश, प्रदेश कमिटिले दिएको जनदेश अनुसार हामी चर जना थियौ । पुर्व एमालेको तर्फबाट पार्टी इन्चार्ज र म पुर्व माओवादी केन्द्रबाट जिल्ला इन्चार्ज र पार्टी संयोजक गरि चार जनालाई जिम्मेवारी दिईएको थियो र सो जिम्मेवारी हामीले अत्यन्तै सुक्ष्म अध्यन ग¥यौ । म गर्वका साथ भन्छु हामी दोलखालीहरुले एमदमै मेन तरिकाले अध्यन ग¥यौँ सायदै अन्य जिल्लामा त्यो भयो या भएन ।

 

एकिकरणको लागि जुन चार जनालाई जिम्मेवारी दिइएको थियो कार्यदलको तपाईपनी सदस्य हुनु हुन्छ, कार्यदलले एकिकरण गर्ने वेलामा आफनो कमिटिमा छलफल भन्दा पनी जवरजस्ती पेलेर नेकपाको गठन गरियो भन्ने पनि सुनिन्छ बजारमा के त्यस्तै भएको हो त ?

  • मैले पनि देखेको छु पढेको छु । पार्टी एकिकरण जस्तो महाअभियानमा दुवै पार्टीका सम्मान तहमा काम गरेका मान्छेहरु प्रशस्त हुन्छन् थिए र अहिले पनि छन् । निश्चित कमिटी संख्या माथिल्लो कमिटीले तोकि दिएको छ । स्वभाविक रुपमा दुवै पार्टीमा जति जति छन् त्यो दुवै हुने भनेको भए आँखा चिम्लेर त्यो एकिकरण हुन्थ्यो । तर दोलखाको सन्दर्भमा जम्मा १३५ कमिट बनाउने भन्ने बिधानमा तोकिएर आयो त्यसो भए पछि हामी त्यो दायरा भन्दा बाहिर जान सक्दैनौ । पुर्व एमालेको मात्रै जिल्ला कमिटी १२६ थियो पुर्व माओवादीको त्यो भन्दा बढि संख्यामा थियो । त्यो दुवैलाई जोडेर जम्मा १३५ राख्नु पर्ने त्यो अत्यन्तै जटिल काम पनि थियो । त्यसो गर्ने क्रममा हिजो जुन जुन तहमा काम गरेका साथीहरु हुनुहुन्थ्यो त्यो साथीहरुलाई त्यहि त्यहि तहमा राख्न सक्ने अवस्था थिएन् । हामी धेरै थियौ अटन सक्दैन थियौ त्यो स्वभाविक हो उ असन्तुष्ट हुन्छ तर त्यो असन्तुष्टि सधैको लागि दीघकालको लागि होइन । यो हामीले अत्यन्तै नेतृत्वको विचको सर्व सम्मती र आम त्यो कमिटिमा काम गरेका साथीहरुको धारणा र त्यो भोट हालेर गरेको कुरा पनि थिएन् कस्ले कति भोट ल्याउछ भन्ने पनि थिएन् अधिवेशन पनि हाइन भने पछि आम कार्यक्रताहरुको धारण बुझने र पुर्व कमिटिमा काम गरेका साथीहरुको धारण बुझने र त्यो भन्दा माथिलो तहको नेतृत्व गण नेताहरुको सर्व सहमती गर्ने कुरा चानचुने थिएन त्यो हामीले पार ग¥यौ । हामी त एउटा सिफारिस कर्ता मात्र हौ आज आएर हामीले जुन सिफारिस गरेका छौ त्यो नेतृत्वको विचको सतक प्रतिशत सर्व सहमतीको सिफारिस हो त्यस कारण कुन नेताले के बोल्नु भयो भन्ने कुरा सुनिरहनु जरुरी छैन । कम्युनिष्ट पार्टी निर्माणको अभियानमा सवै क्षेत्रका नयाँ युवाहरु, महिला, जनजाति, क्षेत्र भुगोल मिलाउन कठिन थियोे । यस्तो अबस्थामा चित्त नबुझाउने ठाँउ छैन छ त कतिलाई त्यो आफु नपरेका मा मात्र छ । कम्युनिष्ट पाटी जस्तो एकिकरणमा म छुटे यो ठुलो कुरा हैन् ठुलो कुरा भनेको एकता हो एकिकरण हो ।  विश्वस्त छु दोखलाको कम्यूनिष्ट पार्टी मा काम गर्ने नेता कार्यकर्ता कुनै निर्णय गर्नु पुर्व निकै लामो छलफल बहस हुन्छ र निर्णय भएर गए पछि एक ठिक्का भएर गएको इतिहाँस छ । मैले लामो समय देखि हेरी रहेको छु एका दुुई असन्तुष्ट भए पनि त्यसलाई अन्यथा मान्नु हुन्न ति असन्तुष्टि एक दुई दिनका असन्तुष्टि हुन । त्यस पछि पार्टी फेरी एक ढिक्का शसक्त भएर अगाडी बढछ ।
  • कार्यदलले जुन नाम सिफारिस गरेको थियो त्यसमा महिलाहरु कम परे संबिधानले नै उल्लेख गरेको ३३ प्रतिशत समेत पुरा भएन भन्ने महिलाहरुले आवाज उठाई रहनु भएको छ नी ?

त्यो एकदम ठिक हो । सहि आवाज हो र उठनु पर्ने आवाज पनि हो । तर मैले अहिले ३३ प्रतिशत पुग्यो पुगेन भन्नु भन्दा पनि एकिकरण गर्ने सम्बनधमा चाहे त्यो कुनै लिंग एक भुगोल क्षेत्र समावेशी सम्बन्धमा अत्यन्तै क्रियाशिल मान्छेहरु त हटाउन सकिएन् । यी चिजहरु अधिवेशनले गर्ने चिज हुन जनजाति कति प्रतिशत, महिला, दलित कति प्रतिशत समग्रमा कुनकुन कति प्रतिशत हो भन्ने चिज त्यो अधिवेशनले गर्छ । अहिले त्यो हिसावले लाग्ने हो भने एकिकरण नै धरापमा पर्ने अवस्था पनि हो । केन्द्रमा हेरै केन्द्रले सकेन अब दोलखाले किन सकेन भन्ने कुरै आउदैन । यसलाई हामी व्यवस्थीत रुपमा आउदो अधिवेशनमा सवै समावेशीलाई आवश्यक प्रतिशतमा लैजान्छौ ।

तपाई कै नेतृत्वमा तिन ओटा निर्वाचन गराउनु भयो पार्टीलाई पहिलो पनी बनाउनु भयो । हरेक तहमा सर्व सहमतीमा नै पार्टीको काम गराउदै आउनु भएको छ यसको रहस्य के हो ? तपाईलाई कस्तो लागि रहेको छ ?

मत संयोग भन्छु म अधिल्लो पटक अध्यक्ष हारेँ । त्यो ठिकै भएछ भन्छु । दोहोरीएर फेरी भइन्थो या भइदैनथ्यो त्यो तिन बर्ष त जान्थ्यो । तर जव म अध्यक्ष भए अध्यक्ष एक जनाले मात्र गर्ने कामत होइन । कम्युनिष्ट पाटिको सिद्धान्त भनेकौ सवै मिलेर संगठित भएर गर्ने हो त्यो नेतृत्व मैले गर्न पाएँ । म यसो स्मरण गर्छु म यस्तो वेलामा आई पुगेछुकी यो संयोगले मनै आई पुग्नु प¥थ्यो । यो सर्वै कुराहरु र्फचे गरेर जाने कुरा चानचुने थिएन् ।
२०७० सालका बैशाख ६, ७ र ८ गते अधिवेशन भयो र म अध्यक्ष भएँ । देख्दा इश्वर अध्यक्ष भयो भन्ने देखिएता पनि मलाई त्यहा खेती गर्न ५ केही महिना लाग्यो होला । त्यस पछि कम्यूनिष्ट पाटिमा कार्य विभाज त्यतिकै चुनौती हुन्छ सवैलाई मिलाएर लैजान त्यसको लागि मलाई केही महिना लाग्यो । त्यहाँ पनि मैले सवै कुरा सर्व सम्मत गरेर लगेँ । त्यस पछि ७० को चुनाव आयो ७० को चुनाव पाटीलाई उए ढिक्का बनाएर लैजान चुनौती नै थियो । त्यो वेलाको चुनाव संसदिय चुनाव प्रदेश बनेको थिएन दोलखाको दुई क्षेत्र जिताउनु पर्ने थियो । त्यसको लागि सम्पुर्ण पार्टी पंति एक्क ढिक्का भएर लाग्यौ र चुनाव जितियो । दोलखा एमाले फुटछरे भन्ने हल्ला पनि थियो त्यो वेला त्यो सवै मिलाएर जान म सफल भएँ । त्यस पछि पार्टीको महाअधिवेशन आयो प्रतिनिधी छान्ने बेला देखि दुई चिरा भएर लागे झन महाधिवेशनमा पुगे पछि त दुई पाटि जस्तो लाग्थो । महाधिवेशन बाट फर्के पछि मलाई त्यो मिलाउनु थियो । यस्तो लड्दै लड्दै आँउदा मै अध्यक्ष भएको वेलामा महाभूकम्प आयो दोलखा ठुलो क्षेती भएको जिल्ला त्यसमा उद्धारको काम देखि रहात वितरण लगाएको कामको अरुले सम्भव थिएन त्यस को नेतृत्व हामीले गर्नु प¥यो । त्यस पछि तत्काल राज्य पुर्नसंरचना गर्नु पर्ने भयो । दोलखामा सहज तरिकाले भयो कसैलाई त्यस्तो लागेन तर त्यो गम्भीर विषय थियो । अन्य जिल्लामा कुटाकुट भयो हात हालाहाल भयो तालाबन्दी भयो तर हामीले दोलखामा सुन्नु परेन । त्यस पछि त्यो सकिदा नसकिदा स्थानिय तहको चुनाव आयो । त्यो पनि सामान्य कुरा थिएन । ५४ साल देखि ७४ साल सम्म चुनाब नभएको र धेरै नेता कार्यकता भएको पार्टी ती मध्येबाट निर्णय गर्न कम जोखिम थिएन् । त्यो वेला आकंक्षा राख्ने मन्छे १ हजार तिन सय ८८ जना थिए । त्यो भन्दा अरु पनि थिए होलान । त्यो वेला स्थानीय तहमा अध्यक्ष उपाध्यक्ष छनोट गर्न त झन समस्या थियो । त्यो वेलामा हामी गम्भीर बनेका थिएनौ र स्थानिय तहलाई असाध्यै महत्व दिएका थिएनौ भने टिकट निधारण गर्ने कुरामा खेलानची गरेका भए सायद दोलखाको निवाचन कही पनि जितदैन थियो होला ।

मान्छेले नकरात्मक व्याख्या पनि गरेका छन् तर म त्यो मान्ने पक्षमा छैन् हामीले यति महत्व दियौे कि पाटिको जिल्ला कमिटि म स्वय गएँ । कुरा चले नेताहरु किन हो म भन्छु जाने नै नेताहरु हो चुनाबमा बहुमत ल्याएको पाटिको केन्द्रीय अध्यक्ष प्रधानमन्त्रीमा नगएर अरु जान्छ । हामीलाई अत्यन्तै कष्ट हुँदा पनी हामीले निर्णय ग¥यौ र त्यो चुनाव जित्यौ । त्यसको नेतृत्व पनि मैले गरेको हुँ ।

दोलखाको प्राय स्थानिय तहमा कम्युनिष्ट कै स्थानिय सरकार छ जनताले सोच अनुसार प्रतिवद्धता गरे अनुसार काम त गर्न सकेको छैन नी किन त्यसो भई रहेको छ ?

स्थायिन तहको चुनाब भएको वैशाखमा १ बर्ष पुग्यो कतिपय जनताको असन्तुष्टि छ । कामहरु कस्ता भए र अहिले त फेरी आएको छ कर । सब भन्दा पहिले निर्वाचन भएको पहिलो वर्ष पुरानो दुइओटा नगरपालिका बाहेक अरु संग प्राविधीक कर्मचारी नै थएन र कति ठाँउहरुमा प्रशासकिय अधिकृत थिएन् । हामी त्यो ठाँउबाट सुरुवात गरेको । त्यस पछि अर्के निर्वाचन घोषण गरे पछि कर्मचारी करारमा राख्न पाइएन् निर्वाचन आचर संहिताले गर्दा जब मंसिरमा निर्वाचन भएर मत परिणम लगाएत निर्वाचनको सवै काम सके पछि मात्र फुक्यो आचर संहिता । त्यस पछि निश्चित अबधी राखेर करारमा कर्मचारी राखेर अनि वल्ला उपाभोतmा समिति बनाउन थालेर माघमा काम सुरु गरेको छ अनि असारमा आई नगुगेर कहाँ जान्छ ? त्यो बाध्यता थियो । अब कसैले बाध्यता भन्न पाउदैन किनकि सवै संग प्राबिधिक छ । स्थानिय तहले जुन गतिमा काम गर्नु पर्ने थियो जनताले आशा गरेका थिए त्यो गर्न लाई खै कर्मचारी प्रशासनको कर्मचारी हामी संग खरिदर पनि छैन् त्यहाँ शाखा चलाउने कर्मचारी खै ? कर्मचारी एकजना अधिकृत, लेखापाल अनि प्राविधिक यति भएर काम कसरी हुन्छ । भएका कर्मचरी पनि नयाँ छन् । केहि ऐन कानुन विगरेला भनेर डराएका पनि छन् ।

दोलखामा दामो समय देखि कम्युीनष्टले नेतृत्व गर्दै आई रहेको छ भने अनुसार विकास हुन सकेको छैन् विकास भन्दा पनि सत्ता लाई प्राथमिकता दिने गरेको छ भन्ने आरोप गुनासा हरु पनि गर्ने गरेको सुनिन्छ यो के हो ?

यसको यस म संग एक डोको उत्तर छ । आरोप लगाउन सजिलो छ साथीहरु भन्छन २२ बर्ष एमाले ले सत्ता चलायो खै के ग¥यो भन्ने एउटा प्रश्न उसैले गर्छ फेरी के गर्छ त यसको आफुले इन्कम लिनु प¥यो भने के भएको छैन र दोलखामा भन्छ । म त्यस्ताहरुलाई सोधन चहान्छु । केही छैन २०४८ देखि दोलखा एमालेले सत्ता चलाइकै हो । त्यो भन्दा अगाडीको दोलखा हाम्रा बा आम बजे बज्यैहरुलाइे सोधनु पर्छ । हामी अहिले ३ पुस्ता छौँ बाजे बज्यौ हुनुहुन्छ हामी छौ र भर्खरका युवा युवतीहरु । अझ १८, २० बर्षकाहरुले बढि गालि गर्छन किन भने उस्ले अस्तीको देखेको छैन् । बाजेको पालामा के थियो उस्ले देखेन । पढ्लास खबदार भन्ने जमाना पनि थियो नि । मैले पढदा दोलखामा ५ ओटा हाइ स्कुल थिए । स्विसले बनाइ दिएकोे भन्दा मोटर बाटो अरु कुन थियो ? म चुनैतिका साथ भन्छु अहिले मोटर बाटो नपुगेको ठाँउ कहाँ छ ? अहिले नि दुःख लाग्छ दोलखाको एउटा ठाँउ गौरिशंकरमा पु¥यान सकिएको छैन् । त्यहाँ पनि पु¥याने प्रयास जारी छ । कुना कुनामा स्कुल छ मोटर बाटो पुगेको छ पिच भाको छैन हो त्यो क्रमिक रुपमा हुन्छ । अहिले कुन ठाँउ होला मैले छोरा छोरी पढाउन पाइन भन्ने अहिले त हामी स्कुल धेर भए भनेर मर्च गर्न लाग्या छौ । के ग¥यो भन्ने तिनिहरुलाइ सोधैन के गरेन भने र । अब जनताहरुलाई उत्पादनमा जोडदै लाने र सम्वृद्ध दोलखा निर्माण गर्ने हो । सवैले पैसा कमाउनेलाई मात्र सम्वृद्ध भनेका छन् त्यो होइन । सवै स्वस्थ रहेर बाँच्ने त्यो स्वास्थ्यको संवृद्धी एकदम पढेलेखेका मान्छे त्यो शिक्षाको सम्वृद्धी दृष्टिकोनमा सम्वृद्धी राम्रो कुरा देख्ने यहाँ त सवै नेगेटिभ मान्छे मात्र छन् त्यसलाइै पोजेटिभ बनाउने अब कम्युनिष्ट पार्टीले गर्छ । दोलखामा कम्यूनिष्टले जति अहिले सम्म गरेको छ र अव बाँकी विकासको काम पनि कम्यूनिष्टले नै पुरा गर्ने छ त्यसकारण विचलित नहुनको लागि पनि म अनुरोध गर्दछु ।

Shares

Be the first to comment on "पार्टी एकिकरणमा सानातिना असन्तुष्टि स्वभाविक हो –पोखरेल"

Leave a comment

Your email address will not be published.


*