फिल्म सिटीको निर्माण छिटो गर्नु जरुरी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

फिल्म सिटीको चर्चा फेरी चलेको छ । सरकारले बजेटमा फिल्मसिटी बनाउने घोषणा गरेको छ । सरकारले सरकारी तथा नीजि साझेदारीमा यसको निर्माण गर्ने बताएको छ । दोलखाको भीमेश्वर नगरपालिकाको डाँङडुडेडाँडामा रहेको फिल्म सिटीको संञ्चार मन्त्री मोहन बस्नेत हुँदा उनले शिलन्यास गरेका थिए । नेपाल सरकारको मन्त्रीले शिलन्यास गरेको ंआयोजना निर्माण हुनेमा जिल्लाबासीले आसा राखेका थिए ।
जिल्लाबाट पनि मन्त्रीहरु बन्दा समेत यो आयोजना सुचारु हुन सकेन । कहिले संघ सरकार त कहिले प्रदेश सरकारले बजेट छुट्याउने तर आयोजना भने जस्ता त्यस्तै रहेको छ । जुन गतिमा आयोजना अगाडी बढ्नु पर्ने हो ,त्यो गतिमा बढ्न सकेको छैन। स्थानीय सरकारको पहलमा सडक निर्माण भएका छन् । सिटीको निर्माण भने सुस्त गतिमा रहेको छ । संघ तथा प्रदेश सरकारले बजेट भाषण सिटी निर्माण हुने छ भनेर भाषण गर्ने तर सिटी निर्माण भने हुन सकेको छैन ।
हाम्रो देशमा सरकारी संयन्त्र यस्तो छ कि,मन्त्री शिलन्यास तथा उद्घाटन मख्ख पर्दछन , कर्मचारी आफ्नो स्वार्थमा रुमलिएका छन् । जिल्लाका नेताहरु पनि चुनाबी नारा जे पनि भाषण गर्दछन् , काम भने खासै चासो राख्दैन् , भन्ने देशको नै गौरवको आयोजना निर्माण भएको वाहानाबाजी गर्ने र निर्माणमा ढिलाई हुनुले देखाएको छ । फिल्म सिटी सन्र्दभमा कहिले पश्चिमका जिल्लामा कहिले काभ्रे जिल्लामा निर्माण हुने मन्त्रीहरुले सरकार पिच्छे भाषण गर्ने गरेका छन् ।फिम्ल सिटीको सन्र्दभमा हाम्रो देशमा सरकार फेरीसँगै आफ्नो स्वार्थतिर लागेको देखिन्छ । नेपाल सरकारको जिम्मेवार मन्त्रीले उद्घाटन गरेको आयोजना बाहनाबाजी गरी ढिलाई गर्नु भनेको हाम्रो देशका विकास प्रणाली भनेको हचुवा भरमा चलेको देखिन्छ । अन्र्तराष्ट्रिय महत्व बोकेको आयोजना निर्माणलाई सरकारले छिटो थालनी गर्नु जरुरी रहेको छ । दलहरुले चुनाबी नारा बनाउनु साटो सिटी निर्माण साझा मुद्धा बनाएर अगाडी बढउनु आवश्यक छ ।

Shares

Be the first to comment on "फिल्म सिटीको निर्माण छिटो गर्नु जरुरी"

Leave a comment

Your email address will not be published.


*