सामान्य अबस्थामा आउने बातावरण बनाऔ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

लगागार कोभिडको मार विश्व भर प¥यो । हाम्रो देश पनि कोडिडको मार थुप्रै जनको क्षति भयो, भने आर्थिक रुपमा घर न घाटको बनायो । अहिलेसम्म देश पुर्णरुपमा स्वचालितरुपमा चलेको छैन । अहिले पनि निजी क्षेत्रका व्यवसायीले लगानीको ब्याज तिर्न सकेका छैनन् । कतिपय व्यवसायीले बैक तथा वित्तिय संस्थाको लगातार ताकेताको कारण व्यबसाय छोडेका छन् भने कोभिड नियन्त्रण पछि व्यवसाय तङग्रिने आशामा रहेका छन् ।कोभिड नियन्त्रण गर्ने पहिलो अस्त्र भनेका सबै नेपालीलाई खोप पहँुच पु¥याउनु हो । अहिले पनि देशमा ४० बर्ष भन्दा माथीका नागरिकलाई खोप अभियान चलिरहेको छ । हाल सम्म १८ बर्ष माथिका करिब एक तिहाई नागरिकले खोप लगाईसकेका छन् । सरकारले चैत्रसम्म १८ बर्ष माथिका नागरिकलाई खोपको व्यवस्था गर्ने जनाएको छ । कोभिड नियन्त्रण सरकारले पहिले काम भनेको सबै नागरिकलाई छिटो खोप लगाउने बताबरण बनाउनु आवश्यक भएको छ । तेस्रो लहरबाट बचाउन सहजकता अपनाउनु आबश्यक छ । हाम्रा देशका शासकले भन्ने हामी तयारीमा छौ भन्ने हो , जब संकट आउँछ अनि मात्र तात्ने बानी रहेको छ । सरकारले बेलैमा विज्ञको सुझाबको आधारमा कोभिडबाट तेस्रो लहरबाट बचाउन योजना बनाउनु जरुरी रहेको छ ।
बैक तथा वित्तिय संस्थाले कोभिडको थिल्थीलाबाटे नागरिकलाई बचाउन व्याजमा छुट तथा ब्याज मात्र लिएर सहयोग गर्नु जरुरी रहेको छ । बैक तथा वित्तिय संस्थाले सामान्य अबस्थामा नाफा कमाउने गरे हुन्छ । संकटमा परेका नागरिकलाई घरबास उठाउने हो , यी बैक तथा वित्तिय संस्था पनि नबसामन्त रुपमा परिणत हुने छन् । सरकारले पनि देशलाई सामान्य अबस्था ल्याउन कोभिड नियन्त्रण गर्नु आबश्यक रहेको छ । कोभिडको मारमा परेका नागरिकबाट करको रटान गर्नु पनि बेमौसमी बाजा हुने छ ।

Shares

Be the first to comment on "सामान्य अबस्थामा आउने बातावरण बनाऔ"

Leave a comment

Your email address will not be published.


*