आतिथ्यता ब्यवस्थापन तालिम सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ः सदरमुकाम चरिकोटमा दुई दिने आतिथ्यता व्यवस्थापन तालिम सुरु भएको छ । आइतबारबाट सो तालिम सुरु भएको हो ।
होटल तथा रेष्टुरेन्ट सञ्चालक र व्यवस्थापकहरुलाई लक्षित गर्दै सो तालिम आयोजना गरिएको आयोजक होटल तथा पर्यटन ब्यावसायी संघ नेपाल, बागमती प्रदेशले जनाएको छ । तालिमको राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले उद्घाटन गर्नु हुँदै दोलखालाई पर्यटन हब बनाउन सबैले आफ्आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने बताउनु भयो । यसैगरी भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले नगरपालिकाले पर्यटन प्रर्वधन गर्न बिभिन्न कार्यक्रम गरिरहेको बताउनु भएको थियो । नगरपालिकाले जिल्ला भित्र पर्यटक आउने वातावरण बनाउन अल्पकालिन तथा दीर्घकालिन योजना बनाएर अहिले काम गरिरहेको उहाँको भनाई रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिका वडा नम्बर दुईका वडाअध्यक्ष स्टालिन श्रेष्ठ, चेम्बर अफ कमर्श दोलखाका कार्यवाहक अध्यक्ष वीरशंकर शाही, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरे र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष विष्णु थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तालिममा दोलखा, रामेछाप र सिन्धुलीका होटल व्यवसायीहरु ८० जना सहभागी भएका छन्  । पछिल्लो समय दोलखा लगायत बागमती प्रदेशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकको घुईचो लागिरहेको बेला पर्यटक प्रति होटल सञ्चालक तथा कर्मचारीहरुले गर्नुपर्ने व्यवहारको विषयमा २ दिनसम्म तालिम सञ्चालन हुने दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका सचिब कुमार श्रेष्ठले जानकारी दिनु भयो ।। तालिम उद्घाटन कार्यक्रम होटल तथा पर्यटन ब्यावसायी संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालको अध्यक्षता सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "आतिथ्यता ब्यवस्थापन तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*