इश्वरभुमि बचत तथा ऋण सहकारी संस्था मिर्गेको चौथो बार्षिक साधारणसभा सम्पन्न।

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा–दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर-३ मिर्गे पाइलेले आफ्नो चौथो बार्षिक साधारणसभा सनिवार सम्पन्न गरेको छ।संस्थाका अध्यक्ष सुबास बस्नेतको सभापतित्वमा सम्पन्न साधारणसमाको उद्घाटन जिल्ला बचत संघ दोलखा संचालक तथा जनजागरण बचत तथा ऋण सहकारी संस्था मिर्गेका अध्यक्ष पवन दाहालले गरेका छन्।साधारणसभा बोल्दै कार्यक्रमका प्रमुख बक्ता पवन दाहालले बैतेश्वर गाउँपालिका भित्र रहेका सानो पुर्जी भएका साना सहकारीले एकीकरण भएर सदस्यमुखि आर्थिक कारोबार गर्नुपर्ने बताए।त्यसैगरी बैतेश्वर गाउँपालिकका कार्यभाक अध्यक्ष मनिक कुमार तामाङले दुई वटा सहकारी रहेको पाइले गाउँले अब एक मात्र सहकारी बनाउनु पर्नेमा जोड दिए।
सहकारीको संचालक समितिको प्रतिवेदन सचीव सिताराम दाहालले एक वर्ष भरिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यसैगरी संस्थाको आर्थिक प्रतिवेदन कोषअध्यक्ष ढाल बहादुर बस्नेतले कुल ३८ लाख ८१ हजार एक सय ७० रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहकारीको शेयर पुर्जी २ लाख ७५ हजार ६ सय रहेको छ ।
३६१ जना सदस्य रहेको यस सहकारीले आफ्नो स्थापनाको छोटो समयमा सम्पत्तिमा वृद्धि गर्दै १ लाखको हाराहारीमा नाफा कमाउन सफल भएको छ।त्यसैगरी लेखा शुपरीवेक्षणको प्रतिवेदन लेखा संयोजक गोपाल कार्कीले प्रस्तुत गरेका थिए। सहकारी ३१ लाख ९३ हजार बराबरको ऋण लगानी गरेको प्रतिवेदन मार्फत जानकारी गराएका थिए।
यस इश्वरभुमी सहकारीले आफ्नो चौथो साधारणसभाको अवसरमा विभिन्न शिर्षकमा आफ्न सदस्य सम्मान गरेको छ।
उत्कृष्ट शेयर कर्तामा भावना खड्का जेष्ठ सदस्य पुरुष जगत बहादुर बस्नेत,महिला रंगकुमारी कार्कीलाई सम्मान गरेको छ।
त्यसैगरी सहकारीले नियमित बचत कर्तामा हरिमाया अधिकारी, असल ऋणिमा पबित्र बस्नेत र पुर्व संचालकमा गणेश बस्नेत लगायत जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ।

Shares

Be the first to comment on "इश्वरभुमि बचत तथा ऋण सहकारी संस्था मिर्गेको चौथो बार्षिक साधारणसभा सम्पन्न।"

Leave a comment

Your email address will not be published.


*