कालिन्चोक गाउँपालिकामा ¥यापिड टेस्टमा ८५ जनाको रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) / दोलखाको कालिन्चोक गाउँपालिकामा ८५ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पालिकाले विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई आज सम्म आरडीटी प्रविधिबाट सुरु गरेको कोरोना संक्रमणको ८५ जनाको रिपोर्ट नेगेटिभ आएको हो । पालिकामा टेष्टमा ८५ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नबराज ओलीले जानकारी दिए । विहिबार सम्म ७० जना आज सुनखानी स्वास्थ्य चौकीमा गरिएको टेष्टमा ११ जनाको रिपोर्ट पनि नेगेटिभ आएको उनले जानकारी दिए ।विदेशबाट आएकालाई वडा कार्यालय तथा नजिक स्वास्थ्य संस्था सम्पर्क गर्न उनले अनुरोध गरे ।

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकामा ¥यापिड टेस्टमा ८५ जनाको रिपोर्ट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*