कुखुरापालनबाट मनग्य आम्दानी

बाबुराम शर्मा
चरिकोट–श्रम गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक युवा किसानले देखाएका छन् । दोलखाको वैतेश्वर गाउँपालिका–७ बेताने लामागाउँका प्रान्जल लामाले कुखुरापालनबाट मासिक खुद एक लाख रुपियाँ कमाउन थाल्नु भएको छ ।
अध्ययन तथा रोजगारीका लागि दुई दशकभन्दा बढी भौँतारिएर चयन गरिएको कुखुरा पालनले यसरी राम्रो नाफा दिन थालेकोमा उहाँ सारै खुसी भएको बताउनु हुन्छ ।
उहाँले एक हजार बोयलर्स कुखुरा पाल्नु भएको छ । चार लाख रुपियाँमा खोर बनाइएको छ । आपूmसँग भएको रकमले कुखुरापालन सुरु गरेको हुँ । हरेक ४५ दिनपछि कुखुरा बिक्री गर्दा पैसा आउँछ । फेरि लगानी गरिन्छ गर्दा एक लटमा दुई लाख चालीस हजार रुपियाँ खुद नाफा रहन्छ । उहाँ भन्नु हुन्छ, वर्षमा पाँच लट कुखुरा उत्पादन हुन्छन् । प्रतिकेजी २७० रुपियाँमा बिक्री हुन्छ दाना, औषधि,परिश्रम समेत कटाएर मासिक चोखो यो बचेको हो । श्रीमान्, श्रीमतीकै राम्रो तलब आउन थालेको छ, न कसैको भनाइ न कसैको गाली । स्वतन्त्र रुपमा मासिक आम्दानी आइरहन्छ ।
कुखुरा पालन एउटा मात्र व्यवसाय गर्ने उहाँको सोच पलाएपछि पालन पेसा थालिएको हो । एक हजार पाल्दा सात÷आठ सय बाँच्छन् । यति हुँदा पनि राम्रो आम्दानी दिन थालेपछि पेसालाई दिगो बनाउने उहाँको सोच आएको छ । जिल्लामा मासु धेरै माग भए पनि दीगो रुपमा पालन गर्ने व्यवसायी छैनन् । अहिले केही माग उहाँले नै धान्नु भएको छ । मिलीजुली कोल्ड स्टोरको नामबाट कुखुरा पालन थालिएको हो ।
उहाँ कक्षा ११र १२ उत्तीर्ण गरेपछि एमबिबिएसका लागि बङगलादेश जानु भयो । क्याम्पस भर्ना भएलगत्तै माल्द्धिपकी एक युवतीसँग सम्पर्क भयो । उहाँले भन्नु भयो, सम्पर्कपछि अध्ययन स्थगित हुन पुग्यो । उनी लागुपदार्थ ओसारपसार र सेवन पनि गर्ने रहिछन् । बसउठ हुँदै जाँदा मैले पनि बियरसम्म पिउनै पर्ने अवस्था आयो ।
उहाँलाई हङकङ र पोर्चुगलसमेत घुम्ने अवसर मिल्यो उहाँले भन्नु भयो, यत्तिकैमा युवती गायब भएपछि आपूm सितङग भएर स्वदेश फर्कनु सिवाय केही रहेन । पढाइ गुमाएर स्वदेश आएपछि मनमा गहिरो चोट प–यो । फलस्वरुप कुखुरापालनमा लागेँ । यत्रो लामो समय कुखुरा पालन गरेको भए निकै कमाउन सकिने रहेछ । अहिले थकथक लागिरहेको छ । मध्यम खेती उत्तम व्यापार निर्घृणी नोकरी भनेर बुढापाकाले भनेको यथार्थ हो रहेछ ।
उहाँ पढाइ र विदेश छोडेपछि के पेसा अपनाउने भनेर धेरै भौँतारिनु भयो । आखिर कुखुरा पालन नै उत्तम पेसा लागेर थालेँ उहाँले भन्नु भयो, राम्रो कमाइ हुन थालेपछि अहिले सबैले पत्याउन पनि थालेका छन् । राम्रै काम गरेछु भन्ने पनि लाग्न थालेको छ ।
उहाँले यो पेसा थालेको तीन वर्ष भयो । सुरुमा राम्रो आम्दानी नहुँदा सारै विचलित भएको थिएँ उहाँले भन्नु भयो, स्वदेस प्रेमी भएकाले विदेस पलायन हुन मनले मानेन बरु यसैमा दुःख गर्छु भनेर लागेको अहिले धैर्य गरेको फल पाएको छु ।
कुखुरापालनलाई यथावत् राखेर यसबाट आएको आम्दानीमध्ये केही सामाजिक सेवामा खर्च गरी विपन्नहरुको सेवा गर्ने सोच पलाएको छ । उहाँले भन्नु भयो, ग्रामीण स्वास्थ्य शिक्षा परियोजना नामक संस्था खोलेर गाउँका विपन्नलाई अकाल मृत्युबाट जोगाउने तथा चेतनामूलक शिक्षा दिने मूल उद्देश्य राखेको छु । सरकारसँग समन्वय गरी यो काम गरेरै छाड्छु ।

Shares

Be the first to comment on "कुखुरापालनबाट मनग्य आम्दानी"

Leave a comment

Your email address will not be published.


*