खेलअघि २० पटक ट्वाइलेट जाने खेलाडी लिडर हुन सक्दैन : म्याराडोना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । पछिल्लो समय लियोनल मेस्सीका आलोचक बनेका म्यारोडोनाले खेल शुरू हुनु अगाडि २० पटक ट्वाइलेट जाने भएकाले मेस्सी बार्सिलोनाका फरवार्ड कप्तान हुन नसक्ने बताएका छन् ।
अर्जेन्टिनाका पूर्व प्रशिक्षकसमेत रहेका म्यारोडोनाले राष्ट्रिय टोलीमा खेल्दा र बार्सिलोनाबाट खेल्दा मेसी फरक खेलाडी भएको आरोप पनि लगाएका छन् । “हामी सधै मेस्सीको गुणगान गाएर बस्न सक्दैनौं । बार्सिलोनाको लागि खेल्दा उनी मेस्सी हुन् । मेस्सी क्लबको जर्सी लगाउँदा मेस्सी हुन्छन् । अर्जेन्टिनाबाट खेल्दा उनी अर्को मेस्सी बन्छन्,” म्यारोडोनाले भने, “उनी उत्कृष्ट खेलाडी हुन् । तर लिडर होइनन्  । खेल अगाडि २० पटक ट्वाइलेट जाने उनलाई लिडर बनाउन खोज्नु निरर्थक छ ।”
म्याराडोनाले यसअघि पनि मेस्सीले अर्जेन्टिनाबाट सन्यास लिनुपर्ने बताएका थिए । फक्स स्पोर्ट्ससँग कुरा गर्दै म्याराडोनाले फेरि मेस्सी लिडर हुन नसक्ने बताएका हुन् ।

Shares

Be the first to comment on "खेलअघि २० पटक ट्वाइलेट जाने खेलाडी लिडर हुन सक्दैन : म्याराडोना"

Leave a comment

Your email address will not be published.


*