खेल उत्कृष्ट प्रदर्शन गर्दापनि नेयमारको किन आलोचना ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । विश्वकप फुटबलमा गएराति भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २—० गोल अन्तरले पराजित नेयमारले उत्कृष्ट प्रदर्शन गरे । मेक्सिकोसँगको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले ५१ औं मिनेटमा गोल गर्यो । उक्त गोल विलियम्सको पासलाई सदुपयोग गर्दै नेयमारले गरेका थिए । तर पनि उनको चौतर्फी आलोचना भइरहेको छ ।

आलोचकहरु भन्छन्– ब्राजिलियन स्टार नेयमारले खेलमा अभिनय गर्दै विश्वभरका मान्छेलाई मूर्ख बनाउने प्रयास गरे । ब्राजिलियन पत्रिका ग्लोबोले समाचारको यस्तो शीर्षक राखेको छ– ‘नेयमार ह्याज चार्मड ब्राजिल, बट एन्नोइड द होल वल्र्ड’ अर्थात् नेयमारले ब्राजिललाई त खुसी बनाएर तर बाँकी विश्वलाई दिक्क बनाए । पत्रिकाले लेखेको छ– यो एक व्यक्तिले सबैको ध्यान आफूप्रति आकर्षित गर्न खोजेको हो, जुन एक पटक फेरि हास्यास्पद रुपमा उनले गरे । त्यस्तो गर्न उनीमात्रै सक्छन् ।

उत्कृष्ट मानिने खेलाडीहरु अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो आदि बाहिरिसकेको अवस्थामा विश्वका सबैभन्दा महँगा खेलाडी नेयमार मात्रै रसिया विश्वकपमा छन् । तर, उनले गरेको अभिनयले उनको आलोचना भइरहेको छ ।

उनले राम्रो पर्फर्मेन्स गर्दै ब्राजिललाई क्वाटरफाइनल प्रवेश गराए । मेक्सिकोलाई २—० गोलले पराजित गर्यो ब्राजिलले तर, त्यति गरिरहँदा पनि उनी अलोकप्रिय भएका छन् ।

सोमबार रातिको खेलमा मेक्सिकोका फुल—ब्याक म्यानुअल लायुनले मैदानमा लडिरहेका नेयमारसँग भएको बल विस्तारै खोसेर लिए । त्यसपछि नेयमान जोड–जोडले चिच्याउँदै लडीबुडी गर्न लागे । मानौं, उनको खुट्टामा कसैले बेस्सरी टेकिदियो । त्यसलगत्तै के भयो भन्दै मेक्सिकोका खेलाडी, उनका साथीहरु, प्रशिक्षक र प्राविधिक टोलीका सदस्य उनी वरपर घेरिए । एक स्टार खेलाडी जो हुन् नेयमाार । यस विषयमा एक जर्मन पत्रकारले टिप्पणी गरेका छन्, ‘किनकी उनी नेयमार हुन् ।’

मेक्सिकोलाई पराजित गर्न एक गोल गरेका नेयमार म्यान अफ द म्याच घोषित भए । त्यसपछि पत्रकारसामु आए । यसअघिका खेलमा नेयमार खेलपछि मिडियासँग बोलेका थिएनन् । तर, मेक्सिकोमाथि जित हासिल गरेपछि उनले सञ्चारकर्मीसँग कुराकानी गरेका थिए । उनको आलोचना भइरहेकोबारे पत्रकारले गरेको प्रश्नको उत्तर उनले दिन पाएनन् । उत्तर दिन खोज्दा ब्राजिलियन प्रशिक्षक टिटेले अगाडि बढेर भने, ‘उनीहरुले नेयमारलाई लडाएको मैले स्क्रिनमा देखेको थिएँ ।’

त्यसैमा जोडेर नेयमारले भने, ‘मलाई कमजोर गर्न अन्य कुरामा जोडेर यस्तो किसिमको प्रचार भइरहेको छ । तर, मलाई आलोचना र प्रशंसाको कुनै परवाह छैन । यसअघिका दुई खेलमा मैले प्रेससँग कुरा गरिन किनकी मैले चाहेको थिइन । मलाई मात्र खेल्नु छ, मेरो टिमका साथीलाई मद्दत गर्नु छ, मेरो टिमलाई सहयोग गर्नु छ ।’

मेक्सिकोका प्रशिक्षक जुआन कार्लोस ओसारियाले नेयमारले यस्तो गर्नु फुटबलका लागि लाजमर्दो कुरा भएको बताएका छन् । पूर्व भिल्ला स्टाइकर डिएन डुब्लीनले पनि नेयमारले यस्तो गर्नु लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् । ‘उनी विश्वका उत्कृष्ट खेलाडी मध्येका हुन् तर पनि जब उनी मैदानमा लड्छन्, म त्यसलाई राम्रो भन्दिन । युवा खेलाडी त्यो भन्दा राम्रो गर्न सक्छौ, राम्रो खेल ।’

अहिलेसम्म नेयमारले विश्वकपमा गरेको गोलको संख्या ६ पुगेको छ । यसका लागि उनले ३८ पटक प्रयास गरे । मेस्सीलाई ६ गोल गर्न ६७ तथा रोनाल्डोलाई ७४ पटक प्रयास गर्नु गरेको थियो ।

ब्राजिलले शुक्रबार क्वाटरफाइनल खेल बेल्जियमसँग खेल्दैछ ।

Shares

Be the first to comment on "खेल उत्कृष्ट प्रदर्शन गर्दापनि नेयमारको किन आलोचना ?"

Leave a comment

Your email address will not be published.


*