चरिकोटको एनसेल टावरमा आगो

चरिकोट, १ फागुन
चरिकोटमा रहेको एनसेल टावरमा गए राती आगोलागी भएको छ । भीमेश्वर नगरपालिका ३ चरिकोटमा रहेको पानारोमा रिसोर्ट छेऊमा रहेको एनसेल टावरमा आगोका कारण टावर कन्ट्रोल रुमका सम्पूर्ण उपकरण जलेर नष्ट भएका छन् 

सोमबार राती आगोेलागी गएको छ । करिब १० बजेतिर एक्कासी आगोलागी भएको देखेको पानोरोमा रिर्सोटका एक कर्मचारीले जानकारी दिए । ११ बजेतिर प्रहरी आएर आगो निभाएको उनले बताए । कसले आगो विद्युत सर्ट भएर लाग्यो वा कसैले लगायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

देशका विभिन्न ठाउँमा नेपाल कम्युनिष्ट पार्टी विप्लवले लगाएको खबर छ । तर चरिकोटको टावरमा पनि उसैले लगायो वा के भयो भन्ने चाँही अहिलेसम्म तथ्य सार्वजनिक हुन सकेको छैन । टावरमा आगोलागीपछि मंगलबार विहानसम्म एन सेल नेटवर्क विच्छेद भएको थियो ।

Shares

Be the first to comment on "चरिकोटको एनसेल टावरमा आगो"

Leave a comment

Your email address will not be published.


*