चैत्रसम्ममा सहकारी हस्तान्तरण

विश्वदीप थपलिया÷पेमडोमा शेर्पा

चरिकोट–दोलखाका सहकारी संस्थाहरु स्थानीय तहमा हस्तान्तरण चैत्रसम्म गर्ने भएको छ । डिभिजन सहकारी कार्यालय चरिकोटले स्थानीय तहको सरकारको स्थापना भएसँगै सबै कार्यालयहरु स्थानीय तहमा हस्तान्तरणको तयारी गरेको हो ।
डिभिजन सहकारी कार्यालय चरिकोट अन्र्तगत दोलखा र रामेछाप २ वटा जिल्ला मा कार्याक्षेत्र भएको यस सहकारीमा करिब ९ सय ४७ वटा सहकारी रहेका छन् । त्यसमध्ये ५ सय ५७ वटा सहकारी दोलखामा छन् भने ४ सय २४ रामेछाप जिल्लामा छन् । ‘हामी छिट्टै नै सहकारी हस्तान्तरणको प्रकृयामा छौं’ डिभिजन सहकारी कार्यालय चरिकोटका निमित प्रमुख भविन्द्रबहादुर थापाले भने ।
नेपालको संविधान २०७२ र सहकारी ऐन २०७४ अनुसार सहकारी स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने भएता पनि स्थानीय तहका प्रमुखहरुको कार्य व्यस्थता काम हुन नसकेको थापाले बताए । सहकारीको कार्यक्षेत्र एक मात्र गाउँपालिका र नगरपालिकामा भएको सहकारी स्थानिय तहमा हस्तान्तरण हुनेछ । एक भन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएको सहकारी प्रदेशस्तरमा र एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएमा संघीय सरकारमा हस्तान्तरण गर्ने उनले बताए ।
सहकारी विभागले चैतसम्ममा डिभिजन सहकारी कार्यालय हटाउने भएको छ । त्यही भएर चैत अगाडी नै डिभिजन कार्यालय अन्र्तगतमा सहकारी संस्थाहरुलाई स्थानीय तह, प्रदेश र संघीय सरकारलाई बुझाइ सक्नु पर्ने छ । स्थानीय तह अन्र्तगत सबै सबै सहकारी संस्थाहरुको नियमन र व्यवस्थापन सोही तहको सरकारले गर्ने छ । सहकारी संस्था हस्तान्तरणका लागि सबै सहकारीहरुको कागजातहरु पोका पारेर तयारी अवस्थामा राखिएको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "चैत्रसम्ममा सहकारी हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*