तामाकोसी सेयर ७ दिन म्याद थप्न सिफारिस

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, १२ भदौ
माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा शेयर आवेदनका लागि एक साताको म्याद थप गर्न सिफारिस गरेको छ ।
जिल्ला समन्वय समितिको आग्रह बमोजिम माथिल्लो तामाकोसी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाईड्रो पावरले धितोपत्र बोर्डलाई एक साताको म्याद थप गर्न आग्रह गरेको हो । तामाकोशी हाईड्रोपावरले धितोपत्र बोर्डलाई एक साताको म्याद थप गर्न पत्राचार गर्ने निर्णय गरेको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका प्रबक्ता गणेश न्यौपानेले जानकारी दिए ।
उहाँका अनुसार शेयर आवेदनका लागि दोलखावासीका लागि भदौ १४ गते सम्मका लागि सयम तोकिएकोमा समय सकिन दुई दिनमात्र बाँकी रहँदा बैँकमा लामो लाइन र ठुलो भीड देखिएपछि म्याद थपका लागि सिफारिस गरिएको हो । दोलखामा सोमबारसम्म १ लाख ५६ हजार आवेदकहरुबाट २ अर्ब ६४ करोड बराबरको शेयर बिक्रि भएको आयोजनाले जनाएको छ ।
धितोपत्र बोर्डको बैठकपछि तामाकोशीको शेयर आवेदनका लागि म्याद थप्ने÷नथप्ने विषयमा निर्णय हुनेछ । दोलखावासीका लागि यही साउन १६ देखि शेयर आवेदन खुल्ला गरेको तामाकोशी हाईड्रोपावरले १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्कासन गरेको छ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयरमा दोलखाका २६ संकलन केन्द्रबाट सेयर आवेदन संकलन भइरहेको छ । सुरुका १० दिनमा काठमाडौंबाट समेत सेयर आवेदन संकलन भएकोमा काठमाडौंको भीडका कारण ५ दिन थप भएको थियो । काठमाडौंमा चाँही थप भएपछि जिल्लामा पनि माग भएकाले थप गर्न बोर्डमा सिफारिस गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

Shares

Be the first to comment on "तामाकोसी सेयर ७ दिन म्याद थप्न सिफारिस"

Leave a comment

Your email address will not be published.


*