दाेलखामा सहकारी व्यबस्थापनकाे पहिलाे चाेटी भर्चुअल तालिम

चरिकोट ,अनिल दहाल– जिल्ला सहकारी संघ दोलखा र CMF दोलखाको संयुक्त आयोजनामा महामारीमा सहकारी व्यबस्थापन भर्चुअल  तालिम आज सम्पन्न भएको छ। तालिममा महामारीको बेलामा सहकारीलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने छलफल भएको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिए । राष्ट्रिय सहकारी बैकका अध्यक्ष के. बि .उप्रेतीले सहकारीले यो महामारीमा आफुले सकेको सहयोग गर्नु पर्ने बताए । महामारीको समयमा सचेत रहि सदस्यहरूको सेवामा लाग्न सबै सहकारीकर्मीलाई आग्रह गरे । यस्तो कार्यक्रम जिल्लामा पहिलो पटक गरेकोमा आयोजकलाई धन्यबाद दिए । जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेफ्स्कुनका पुर्ब अध्यक्ष ऋषि राज घिमिरेले स्वागत मन्तव्य सहित कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले तथा प्रस्तुती मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले गरेका थिए । कार्यक्रममा ६८जना सहकारीकर्मीको सहभागिता थियो ।
https://www.facebook.com/100006596732169/videos/2732369346992930/
Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "दाेलखामा सहकारी व्यबस्थापनकाे पहिलाे चाेटी भर्चुअल तालिम"

Leave a comment

Your email address will not be published.


*