दोलखाका गीतकार भुबन शिवाकोटी चौघरेको नखोस मेरा यादहरुको लोकार्पण

चरिकोट। दोलखा सुनखानीका भुबन शिवाकोटी चौघरेको नखोस मेरा यादहरु नामक आधुनिक गीति संग्रह सदरमुकाम चरिकोटमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । सोमबार भिमेश्वर नगरपालिकाको मेयर भरत बहादुर केसीले शिवाकोटीको पाँच वटा गित रहेको एल्बमको लोकार्पण गरेका छन् । लोकार्पण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शुरेस आर्चाय, नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीबि मास्के गितकार शिवाकोटी लगायतले गितका बारेमा आफ्नो धाराण राखेका थिए । बिष्णुलक्ष्मि साहित्यि पुरस्कार समितिको आयोजनामा रहेको कार्यक्रममा दोलखाका चार वटा स्थानिय रेडियोहरु मिडिया पार्टनरको रुपमा रहेका थिए । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष बिष्णु सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाका साहित्यकार पत्रकार लगायतको उपस्थिति रहेको थियो । संग्रहमा शिवाकोटीका नखोस मेरा यादहरु, नेरोई बस्छु भन्थे मत, तिमिलाई जति माया, किन हुन्छ त्यसै उज्यालो,मेरो अनिदो रातमा भन्ने पाँच वटा गितहरु रहेको शिवाकोटीले बताए । संग्रहको निर्माता सुनिता शिवाकोटी,एरेन्जर राम कार्की रेकडिस्ट मिक्सिङ समिर कार्कीले गरेका छन् ।

Shares

Be the first to comment on "दोलखाका गीतकार भुबन शिवाकोटी चौघरेको नखोस मेरा यादहरुको लोकार्पण"

Leave a comment

Your email address will not be published.


*