दोलखाका २२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समचार
चरिकोट, असोज १
दोलखाका २२ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । भदौ २९ गते शिक्षा, विज्ञाान तथा प्रविधि मन्त्रालयको (मन्त्रीस्तर) निर्णयबाट जिल्लाका २२ वटा सामुदायिक विद्यालय आइसिटी ल्याब व्यवस्थापन र भवन निर्माणको लागि कार्यक्रममा छनोट भएका हुन् ।
छनोट भएका विद्यालयहरुले अनुदान पाउने र विद्यालयको शैक्षिक गुणस्तरका लागि कार्यक्रम कार्यान्वयन गर्ने शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ । छनोट भएका २२ मध्ये २० वटा विद्यालयले आइसिटी ल्याब निर्माण गर्ने छन् । जसका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपैयाँ सरकारबाट अनुदान पाउने छन् । दुई वटा विद्यालयले चार कोठे भवन निर्माणका लागि ५५ लाख रुपैयाँ पाउने बताइएको छ ।
भीमेश्वर, जिरी नगरपालिका, कालिञ्चोक, मेलुङ र बैतेश्वर गाउँपालिकामा तीन–तीन वटा विद्यालय छनोट भएका छन् । विगु, तामाकोशी, शैलुङ र गौरीशंकर गाउँपालिकामा दुई–दुई विद्यालय छनोट भएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाका २२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट"

Leave a comment

Your email address will not be published.


*