चरिकोट –दुर्लभ वन्यजन्तु सालकको सपेटा सहित दोलखाको किर्नेटारबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला गोकुलगँगा गाँउपालिका वडा न ५ बस्ने २० वर्षिय प्रल्हाद खड्का रहेको दोलखा प्रहरी प्रमुख बासुदेव पाठकले बताए । मंगलबार बेलुका दोलखाको तामाकोशी गाँउपालिका वडा न ५ किर्नेटारबाट पक्राउ परेको खड्काको साथबाट प्रहरीले २ किलो ६ सय ग्राम सालकको खपेटा बरामद गरेको छ । दुर्लभ संरक्षित वन्यजन्तु सालकको खपेटा विक्रि वितरणको लागि लगिदै गरेको भन्ने गोप्य सुचनाको आधारमा खटेको प्रहरीको विशेष टोलिले दुईवटा मोटरसाइकल सहित खड्कालाई पक्राउ गरेको थियो । प्रहरीले बा ९१ प ५८४४ नं. को मोटरसाइकलबाट १ जनालाई पक्राउ गरेको र बा ८३ प २९१९ न को मोटरसाइलमा सवार १ जना मोटर साइकलनै छाडेर भागेकाले मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान गरी खोजी भई रहेको प्रहरीले जनाएको छ । दोलखामा पछिल्लो समय सालको तस्करी गर्नेहरुको गिरोह बढदै गएको छ । यहि असोज २० गते मात्र प्रहरीले २ केजी ९ सय ग्राम खपेटा सहित २ जनाई पक्राउ गरेको थियो ।
दोलखाबाट सालकको खपेटा सहित रामेछापका १ जना पक्राउ
TOPICS:अपराध
Posted By: दीक्षण दैनिक १४ कार्तिक २०७५, बुधबार १३:२५
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "दोलखाबाट सालकको खपेटा सहित रामेछापका १ जना पक्राउ"