दोलखामा करोड लगानीमा एपेक्स बन्यो आधुनिक शैली पढाई हुने विद्यालय , शैक्षिक वातावरण र बालमैत्री विद्यालयको रुपमा सुरु

चरिकोट–निजी विद्यालय भन्ने वित्तिकै बच्चालाई कितावको भारी बोकाउने र गृह कार्यको भारी बोकाउने भनेर चिनिन्छ । कितामा लेखिएको विषयवस्तुमा मात्र घोकाएर किताव ज्ञानलाई मात्र सिमित गराउँने । कितावमा लेखिएका विषयमा मात्र एकोहोरो रटान लगाएर परीक्षामा मात्र अरुभन्दा अब्बल देखाउन निजी विद्यालयहरु लागेका परम्परा छ ।
तर निजी विद्यालयहरुको यही भीडमा फरक पहिचानका साथ केही विद्यालयहरु यस्ता पनि छन् । जसले न त कितावको भारी बोकाउँछन् न त गृह कार्यको भारले विद्यार्थीलाई मानसिक तनावमा पार्छन् । यही उद्देश्यले चरिकोटमा एपेक्स इन्टरनेशनललाई नयाँ व्यवस्थापनका साथ साँच्चै शैक्षिक वातावरण र बालमैत्री विद्यालयको रुपमा सुरु गर्न लागेका छन् ।
‘हाम्रो विद्यालयमा पनि किताव र कापी हुन्छ, तर त्यो ४÷५ वटा भन्दा बढी हुन्न ।’ विद्यालय सञ्चालक नसिब कायस्थले भने ‘बच्चाहरुको आफ्नो इच्छा अनुसारकै गृहकार्य कापीमा लेखिन्छ ।’ हाम्रो विद्यालयमा बच्चाहरु उत्साहित हुने स्थिति हुन्छ ।
धेरै निजी विद्यालयहरुले मन्टेश्वरी विधिबाट अध्ययन अध्ययापन गराउने विज्ञापन गछन् । तर साँच्चै मन्टेश्वरी कस्तो हुन्छ भन्ने एपेक्समै दिने योजना छ । एपेक्सलाई नयाँ व्यवस्थापन टोलीले एक करोड लगानी गरेको छ । प्रयाप्त खेल सामग्री र शैक्षिक सामग्री रहेको छ । एकैसाथ यति ठूलो लगानी भएको निजी विद्यालय आफ्नै भएको सञ्चालक सुरेन्द्र उप्रेतीको दाबी छ ।
विद्यालयमा परम्परागत विद्यालयहरुको जस्तो कक्षा, १, २ , ३ भन्ने हुन्न । यहाँ विज्ञान कक्षा, सामाजिक कक्षा, अग्रेजी कक्षा भन्ने हुन्छ । हरेक कक्षामा २ जना शिक्षक र १५ देखि २५ जनामा मात्र प्रत्येक कक्षामा विद्यार्थी हुने उनले बताए ।
आइतबार आफ्नो संस्कृति अनुसारको भेषभुषा लगाउन पाइन्छ । विद्यालयमा बच्चालाई खाजाको व्यवस्था भित्रै हुन्छ । जुन बाहिरबाट बजारका खानेकुरा लैजान निशेध नै गरिने उनले बताए । यातायातको व्यवस्था गरेको विद्यालयले बढ्दै गएको ट्युसन संस्कृतिको अन्त्य गर्ने योजना छ ।

Shares

Be the first to comment on "दोलखामा करोड लगानीमा एपेक्स बन्यो आधुनिक शैली पढाई हुने विद्यालय , शैक्षिक वातावरण र बालमैत्री विद्यालयको रुपमा सुरु"

Leave a comment

Your email address will not be published.


*