दोलखामा पोल ढल्दा एक जनाको ज्यान गयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा । विद्युत् प्रशारण लाइन मर्मत गर्ने क्रममा पोल सहित ढलेर कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीका ३५ वर्षिय मानबहादुर थामीको मृत्यु भएको छ ।

थामी चढेको विद्युतको पोलमा जडान गरिँदै गरेको तार बा४ख ८१२७ नम्बरको ट्रिपरले तान्निँदा पोल सहित ढल्दा घाइते भएका उनको उपचारको लागि राजधानी लैजाने क्रममा मृत्यु भएको कालिञ्चोक गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए । ट्रिपर र चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।

बिहिबार अपरान्ह करिब साढे ४ बजे कालिञ्चोक गाउँपालिका–७, भदौरेस्थित पोलमा चढेर प्रशारण लाईन मर्मत गरिरहेका थामी पोल सहित ढलेर टाउकोमा चोट लागेकोमा उपचारको लागि राजधानी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ ।

 

 

Shares

Be the first to comment on "दोलखामा पोल ढल्दा एक जनाको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*