दोलखामा हिमपात, हिमपातमा रमाउन खरिढुङ्गा र कालिञ्चोकमा पर्यटकहरु

चरिकोट, १० माघ मौसममा आएको परिवर्तनसँगै दोलखाको उच्च हिमाली क्षेत्रमा बुधबार हिमपात भएको छ । हिमपातसँगै त्यस क्षेत्रका

नागरिकहरुको जनजिवन समेत कष्टकर बनेको छ ।
विहानैदेखि कालिञ्चोकको खरिढुङ्गा, कुरी घ्याङडाँडा, टुटुवान लगाएतका ठाउँहरु हिमपातले सेताम्मे बनेका छन् । त्यस्तै भिमेश्वर नगरपालिकाको खरिढुंगा बोचको माथिल्लो भाग पनि हिउले पुरै ढाकेको छ ।

विद्यालय समयमा परेको हिमपातका कारण पठनपाठन समेत प्रभावित भएको सुर्के मावि खरिढुंगाका शिक्षक रविचन्द्र घिमिरेले जानकारी दिए । यता शैलुङको भैसे, जिरी बजार भन्दा माथिका भागहरुमा समेत हिमपात सुरु भएको छ ।

विहानैदेखि हिमपातका कारण खरिढुङ्गा र मुढेमा ३ घण्टा जति सडक अवरुद्ध समेत भयो । दिउँसो १ बजेपछि हिमपात रोकिएका कारण लामोसाँघु–चरिकोट सडक विस्तार आयोजनाले डोजर लगाएर सडक सफा भएपछि यातायात सुचारु भयो । बुधबार दिउँसो जिरी नगरपालिका र वैत्यश्वर गाउँपालिकाको सिमाना खावा डाँडामा समेत हिमपातका कारण सडक अवरुद्ध भएको थियो ।
कालिञ्चोक क्षेत्रमा भने हिउँ तिब्र गतिमा परिरहेको कुरि स्थित कन्ट्रि भिल्ला रिसोर्टका अनिल रायमाझीले जानकारी दिए । उनका अनुसार कालिञ्चोक मन्दिर दर्शनका लागि उक्त क्षेत्रमा पुगेका दर्शनार्थीहरुलाई हिमपातका कारण बिच बाटो बाटै कुरि बजार फर्किएका छन्

हिमपातमा रमाउन खरिढुङ्गा र कालिञ्चोकमा पर्यटकहरु
विहानैदेखि हिमपात सुरु भए लगत्तै चरिकोट लगायतका ठाउँबाट खरिढुङ्गा र कालिञ्चोक क्षेत्रमा हिउँ खेल्नेहरुको लर्को नै लागेको थियो । काठमाडौंबाट आउने र दोलखाबाट काठमाडौंतिर जाने यातायातका साधन खरिढुङ्गामा रोकिदा त्यसको फाइदा यात्रुहरुले हिउँ खेलेर रमाइलो गरे ।
हिउँ खेल्नका लागि चरिकोटबाट गएका पर्यटकहरु खरिढुङ्गामा धेरै देखिन्थे । हिउँमा रमाउनेहरु बढी जसो युवा युवतीहरु धेरै थिए । हिउँ परेको थाहा पाएर कतिपयका परिवारै र साथीहरु खरिढुङ्गा पुगेका हुन् । चरिकोटका मिङ्गुर शेर्पाले हिउँ खेल्नकै लागि परिवारै खरिढुङ्गा आएको बताए ।
दोलखाको जिरी नगरपालिका अन्तर्गत च्योर्दुङ, खावा, बुलडांडा त्यस्ततै दोलखाको क्षेत्र कालिन्चोक लगयत क्षेत्रमा हिमपात भई रहेको छ । उता रामेछापको उमाकुन्डा गाउँपालिका र गोकुलगंगा गाउंपालिकाको सेर्दिङ, तामेडांडा, देउराली गुम्देल लगायतको क्षेत्रमा पनि बिहानैबाट हिमपात भएको छ ।

Shares

Be the first to comment on "दोलखामा हिमपात, हिमपातमा रमाउन खरिढुङ्गा र कालिञ्चोकमा पर्यटकहरु"

Leave a comment

Your email address will not be published.


*