दोलखा सुन्द्रावतीमा आगलागीबाट घर पुर्ण क्षति तीन घाइते, दुईको अवस्था गम्भीर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा। दोलखा कालिन्चोक गाउँपालिका वडा न.९ सुन्द्रावतीको एक घरमा सोमबार राती आगलागी हुदा घर जलेर नष्ट हुनुका साथै तीन जना घाइते भएका छन्।
साबिक सुन्द्रावती ८ को लेखर्क स्थित शंकर पकुवालको घरमा गएराती आगो लागी हुँदा २० लाख बराबरको क्षति भएको हो।
आगोलागीबाट पकुवालको घर बाहिर बाधेको ५ वटा बाख्रा ,१० वटा कुखुरा, घर भित्र रहेको १ लाख ५० हजार नगद, सहित २ तोला सुन ५०० ग्राम चादी, महत्त्वपूर्ण कागजातसंगै घर भित्र रहेको लत्ताकपडा अन्नपात जलेर नस्ट भएको वडाअध्यक्ष राम प्रसाद मैनालीले जानकारी दिए।
वडा अध्यक्ष मैनालीका अनुसार राति घरको माथिल्लो तलामा सुतेका शंकर पकुवाल, उनकी श्रीमती गोपिनी पकुवाल र छोरी  सीता पकुवाल सुतिरहेकै अवस्थामा आगोमा परी गम्भीर घाइते भएका थिए।
आगो कसरी लग्यो कसैलाई थाहा नभएको र परिवारका ३ सदस्य घाइते भएकोमा शंकरको अवस्था सामान्य तर गोपिनी र छोरिको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाण्डौ पठाएको प्रहरी हवल्दार मनुकुवार सिङले जनाएका छन्।
पीडित परिवारलाई ब्यवस्थापन गर्नको लागी वडा अध्यक्ष राम प्रसाद मैनालीको पहलमा तत्कालै पचास हजार रुपैयाँ जम्मा गरि पीडित परिवारलाई दिएको सुन्द्रावती बजार ब्यवस्थापनका अध्यक्ष जगनाथ पकुवाले प्रष्ट पारे।
पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी दोलखाले भाडाकुडा लता कपडा पनि सहयोग गरेको छ।

Shares

Be the first to comment on "दोलखा सुन्द्रावतीमा आगलागीबाट घर पुर्ण क्षति तीन घाइते, दुईको अवस्था गम्भीर"

Leave a comment

Your email address will not be published.


*