निर्वाचनलाई मैले सजिलो, सकारात्मक र उत्साहजनक रुपमा लिएको छु,सानातिनाविवाद र मतभिन्नताहरु यो चुनावीअभियानमै समाप्तप्रतिबद्ध छौँ .

एमाले नेता पशुपति चौँलागाई बाम गठबन्धनबाट दोलखाको प्रदेश ख बाट प्रदेशसभाका उम्मेदार हुन ।

ताजा समाचारको लागि फलो गर्नुहोस ।

पशुपति चौँलागाई
१) निर्वाचनअभियानको अनुभूति कस्तो छ ?
मदशबर्ष पछि दोलखामा उमेदवारको रुपमा प्रस्तुत भएको छु । हाम्रो पार्टीले यो जिम्मेवारी प्रदान गरेको छ । सबै नेता, कार्यकर्ता साथीहरुले सकारात्मक रुपमालिनु भएको छ । निर्वाचनलाई मैले सजिलो, सकारात्मक र उत्साहजनक रुपमा लिएको छु । हामी जनता सँग सधैँ निकट छौँ त्यसकारण यो निर्वाचनमा फेरि जनतासँगआउनु जनतासँगको निकटताको निरन्तरताको रुपमा लिएको छु ।
२) एमाले माओवादीमिलेर भोट माग्नजाँदा कस्तो हँुदो रैछ ?हिजोसम्म त कुटाकुट काटामारी थियो ?
केन्द्रीय नीति सँग हामी मिल्नैपर्छ । हिजो हाम्रा शैली फरक फरक थिए तर सिद्धान्त एउटै थियो । आज केन्द्रको सर्कुलर आईसकेपछि संयुक्त संयन्त्र बनाएर हामी अघि बढेका छौँ । हामी दुवै पार्टी शान्तिपूर्ण राजनीतिमा छौँ । दोलखामादुवै पार्टीले मेलमिलाप थालेर अघि बढीसकेका छौँ । कार्यकर्ता पनि मिलेर लाग्नुभएको छ । सानातिनाविवाद र मतभिन्नताहरु यो चुनावीअभियानमै समाप्त गरेर भोलि एउटै पार्टी निर्माण गरेर हामी देशलाई समृद्धिको शिखरमा पु¥याउन प्रतिबद्ध छौँ । राष्ट्रको स्वार्थमा हाम्रा निजी स्वार्थ विर्सनुपनि पर्छ ?
३) तपाईको उमेदवारी केकालागिहो यसपटक ?
हामी पार्टी राजनीतिमा लागेका मानिस पार्टीले खटाएका ठाउँमा जानैपर्छ । पार्टीले अहिले आवश्यकता महशुस गरेर पठायो । हिजो मैले प्रतिनिधिसभामा गरेकाकामको मूल्याङ्कनगर्दै अहिले यहाँ खटाएको छ । भोलिप्रदेशको संरचनामा कस्तो जिम्मेवारी पाउँछु त्यो पुरा गर्ने नै हो । म जनताप्रति, मेरो भूगोलप्रतिनिकै उत्तरदायी छु । सधैँ जनताकै लागि जीवन ब्यतीत गरेको मान्छे अझै पनि जनताकै लागिका म गर्ने हो । बाँचुन्जेल यो जिल्लामा राजनीतिक, सांस्कृतिक र आर्थिक रुपले सम्मृद्ध गराउन म सधैँ लागि पर्नेछु र प्रदेशमायी सबै कामगर्नेछु ।
४)प्रदेश सभा २ मा क्षेत्रीयताको बिषयनिकै उठेको छ, तपाई १ नंबर क्षेत्रबाट आउनुभयो भनेर निकै असन्तुष्टी सुनिएको छ नि?
यो हाम्रा विपक्षीहरुले चलाएको हल्लाहो । हामीभित्रका साथीहरुले पशुपतिन आएको थिएँभने आफू आउने थिएँ भन्ने लाग्नु स्वभाविकहो । पार्टीले खटाउने कुरा हो, कहाँ जन्मे भन्ने कुरा गौण हुन्छ । मैले दोलखामा कम्युनिष्ट पार्टी बनाउँदा सबै भूगोलमा पुगेको छु । सबै जातजाति, भाषभाषी सबैलाई समेटेर पार्टी निर्माण गरेको छु । अबपनि मैले जिम्मेवारी पाईसकेपछि सबैलाई समेटेर, सबैको चित्त बुझ्ने गरी काम गर्नेछु । यदि यो क्षेत्रका जनताको मनमा त्यस्तो केहीआशंका छ भने पनिभोलि मैले गर्ने कामले सबैको शिर उच्च हुनेगरी, सबैको सम्मान हुनेगरी काम गर्ने कुरामा म प्रतिबद्ध छु ।
) तपाईमुख्यमन्त्रीबन्ने हल्ला छ, तपाईले दोलखालाई कस्तो बनाउनुहुन्छ ?
मुख्यमन्त्रीबन्ने अहिले टुंगो लागेको छैन । मलाई पार्टीले जे जिम्मा दिन्छ म त्यसैमा रहेर दोलखाको विकासको लागि लड्ने छु । हाम्रो प्राथमिकतामा जलस्रोत नै हो । दोलखालीलाई यहाँको पानीमार्फत नै धनी बनाउने हाम्रो रहनेछ । उत्तरदक्षिण बाटो बनाउने पनि हाम्रो योजनामै छ । पर्यटनको तीव्र विकासमा हाम्रो अर्जुनदृष्टि रहेको छ । दोलखाको सांस्कृतिक सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न हाम्रो योगदान हुनेछ । जिरीलाई ग्रीनसिटी, खरिढुंगाको फिल्मसिटी, चर्नावतीमा बृद्धाश्रम, , विभिन्न संग्रहालय, भीनपाकोसाईन्स पार्क, साहसिक पर्यटनका लागि योजना, कृषिअन्तर्गत आलु, किवी लागायतको पकेट क्षेत्र, पशुपालन, काठ, जडीबुटीको विस्तार , शिक्षामा लगानी , बुद्धधर्मको अध्ययन केन्द्र, बाटाहरुको कुशल निर्माण, भूकम्प पछाडिको पुनर्निर्माण, सहकारीको ब्यवसायिकतामा बृद्धिलगायतका हाम्रो घोषणासभामा भएका कुराहरुलाई समेटेर आजको दोलखालाई भिन्नै दोलखा बनाउने हाम्रो अभियान हो ।

प्रस्तुतीः शरद सापकोटा

Shares

Be the first to comment on "निर्वाचनलाई मैले सजिलो, सकारात्मक र उत्साहजनक रुपमा लिएको छु,सानातिनाविवाद र मतभिन्नताहरु यो चुनावीअभियानमै समाप्तप्रतिबद्ध छौँ ."

Leave a comment

Your email address will not be published.


*