नेपाल नाता जोडिएका नायपालको निधन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं–सन् २००१ मा सहित्यतर्फको नोबल पुरस्कार विजेता तथा विश्व विख्यात लेखक भीएस नायपालको ८५ वर्षको उमेरमा लण्डनमा निधन भएको छ ।  गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
उनको जन्म सन् १९३२ मा ट्रिनिडाडमा भएको थियो । उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनले आफूले नोबेल पुरस्कार ग्रहणका क्रममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका थिए । उनलाई  बेलायतमा भारतीय मूलका लेखकका रुपमा चिन्ने गरिएको छ ।
उनलाई धेरैले विद्या नायपाल आव भीएस नायपाल भनेर चिन्ने गरे पनि  पूरा नाम भने सर विद्याधर सुरजप्रसाद नायपाल हो । नायपालकै टिप्पणीअनुसार उनको नेपालसँग पनि नाता जोडिन्छ ।
उनले नोबल पुरस्कार ग्रहणका क्रममा दिएको मन्तव्यमा भनेका थिए “ मलाई मेरो पिताजीको तर्फका व्यक्तिको बारेमा केही जानकारी छैन तर मलाई के मात्र थाहा छ भने उनीहरू मध्ये कोही नेपालबाट आएका थिए ।”
मन्तव्यमा उनले अगाडि भनेका थिए “दुई वर्ष अघि मेरो जस्तै नाम भएका नेपाली जस्तो लाग्ने एक व्यक्तिले भारतको बनारसका हिन्दू तथा आदिवासीका बारेमा सन् १८७२ मा बेलायतीहरूले तयार पारेको शब्दकोषको केही पेज पठाएका थिए । ती पेजमा भारतको पवित्र शहर बनारसमा बसोबास गर्ने विभिन्न जातका मानिसको सूची मध्ये नेपाली समुदाय भित्र नायापाल पनि थियो । मसँग भएको त्यति नै हो । ”

साउन २८, २०७५ मा प्रकाशित

Shares

Be the first to comment on "नेपाल नाता जोडिएका नायपालको निधन"

Leave a comment

Your email address will not be published.


*