ने क पाले औपचारिकता पायो,

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र विघटन भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले निर्वाचन आयोगबाट दर्ताको प्रमाणपत्र पाएको छ । गएको जेठ ३ गते घोषणा भएको पार्टीले बिहीबार (आज) औपचारिकता पाएको हो । ने क पा १४५ औं नम्बरमा आयोगमा दर्ता भएको छ । यसअघि एमाले ३२ र माओवादी केन्द्र ३७ नम्बरमा दर्ता थिए ।

दुई पार्टी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम एकीकरण भएका हुन् । आयोगले ने क पाले मागेबमोजिम चिन्ह र झण्डा पनि प्रदान गर्ने निर्णय गरेको छ ।

पार्टी दर्ताको प्रमाणपत्र पाएपछि ने क पाका नेता सुवास नेम्वाङले ऐतिहासिक काम सम्पन्न भएको प्रतिक्रिया दिए । विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दललाई पनि ने क पामा ल्याउने प्रक्रिया अगाढि बढेको उनले जानकारी दिए ।

३३ प्रतिशत महिला प्रतिनिधत्व गराउनेमा आफ्नो पार्टीकै निर्णायक भूमिका रहेको स्मरण गराउँदै नेम्वाङले पार्टीको महाधिवेशन सम्पन्न हुनासाथ ३३ प्रतिशत महिला र समावेशिताका अन्य कुरा पनि लागू हुने बताए । “महाधिवेशन चाँडै हुन्छ र महिला प्रतिनिधित्व पनि हुन्छ । सबै राजनीतिक दलले ३३ प्रतिशत पुर्याउनुपर्छ । सबैले महाधिवेशन कुरेका छन्,” उनले भने ।

Shares

Be the first to comment on "ने क पाले औपचारिकता पायो,"

Leave a comment

Your email address will not be published.


*