पक्कि भवनमा बैंक, टहरामा विद्यार्थी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

भेड्पू, ३२ असार
विद्यालयको आम्दानीका लागि भन्दै विद्यार्थीलाई टहरामै राखेर विद्यालयले पक्कि भवनमा बैंकलाई भाडामा लगाएको छ सरकारको निर्देशन बमोजिम स्थापना भएको बैंक त्यो पनि विद्यालय भवनमा राखेको छ ।
हरेक स्थानीय तहमा बैंक शाखा स्थापना नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार दोलखाको मेलुङ गाउँपालिकामा सानिमा बैंकले अख्तियारी पाएको थियो । त्यसको शाखा सोमबार उद्घाटन भयो । मेलुङ गाउँपालिका वडा नम्बर ४ स्थित बुद्ध चोकमा सानिमा बैंकले शाखा बिस्तार गरी सेवा सुरु गरेको हो ।
सानिमा बैंक मेलुङ शाखाको गाउँपालिका अध्यक्ष नरवहादुर श्रेष्ठले उद्घाटन गरे । सानिमा बैंकको शाखा भेडपू स्थित भिम माविको भवनमा स्थापना गरिएको हो । भिम माविको नवनिर्मित भवनको ४ कोठा मासिक १५ हजारका दरले भाडामा लिएर बैंक सँचालन गरिएको हो । जिल्ला शिक्षा कार्यालयको करिव ९० लाखको लागतमा हालै निर्माण सम्पन्न भएको भवनको ६ कोठा मध्ये ४ कोठा सानिमा वैंकले भाडामा लिएको छ ।
३ वर्ष अघि भुकम्पले भवन भत्किएपछि नयाँ भवन पुनः निर्माण भएको हो । यसैवीच, सानिमा वैंकले बिद्यालयको भवन प्रयोग गरेको भन्दै स्थानीय स्तरमा बिरोध भएको छ । भूकम्पले ध्वस्त भएको बिद्यालयको नयाँ भवन पुननिर्माण भए लगत्तै बैंकलाई भाडामा लगाएर बिद्यार्थीलाई टिएलसी अस्थायी भवनमै राखिएको भन्दै बिरोध भएको हो ।
मेलुङ गाउँपालिका वडा नं. ४ का वडा सदस्य नवीन गोलेले विद्यालय हाता भित्र बैंक राख्नु नै अनुचित भएको बताए । “विद्यालयको बल्ल बल्ल बनेको पक्कि भवन पनि भाडामा दिंदा विद्यार्थी फेरि टहरामै हुने भए” उनले भने “अर्को तर्फ बैंकमा कारोबार गर्न आउनेहरुको भीडभाडले गर्दा शैक्षिक वातावरण विग्रने पक्का भयो, यसलाई तुरुन्त सार्नु पर्छ ।”
बिद्यालयका प्रधानाध्यापक सचिन थोकरले शिक्षक दरवन्दी कम भएको र निजी श्रोतमा राखिएका शिक्षकलाई तलव खुवाउन सहज हुने उद्दश्स्यले गाउँपालिकाको निर्देशन अनुसार बिद्यालय भवन बैंकलाई भाडामा दिएको बताए । बैंक सञ्चालनले विद्यालयको पठन पाठनलाई कुनै असर नपर्ने उनले दाबी गरे ।
सानिमा बैंक मेलुङ शाखाका मेनेजर अर्जुन सापकोटाले बैंकिङ्ग कारोवार सँचालन गर्न पक्कि र सुरक्षित घर नपाएका कारण बाध्यात्मक अवस्थामा बिद्यालयको भवनलाई भाडामा प्रयोग गरिएको बताए । सुरक्षा र गाउँपालिकाको केन्द्रलाई समेत ध्यानमा राखेर बिद्यालय भवनमै बैंक सँचालन गरिएको सापकोटाको भनाई छ ।
भीम माविका व्यवस्थापन समिति अध्यक्ष अम्बिका गोलेले व्यवस्थापन समितिले नै निर्णय गरेर बैंकलाई भाडामा दिएको स्वीकार गरे । विद्यालयको असरलाई भन्दा पनि विद्यालयलाई आम्दानी हुने आशमा बैंक राखिएको बताए । आर्थिक वर्ष २०७४÷७५ भित्र स्थानीय तहमा बैंक खोलि सक्नु पर्ने निर्देशन अनुसार आर्थिक वर्षको अन्तिम दिन सानिमाले मेलुङमा शाखाको कारोबार सुरु गरेको हो ।
मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले तत्कालनका लागि पक्कि घर नभएकाले विद्यालय भवनमा बैंक राख्न स्वीकृति दिएको बताए । ‘यो अस्थायी हो।, निजी पक्कि घर छेऊछाऊ बन्ने वित्तिकै बैंक सर्छ’ उनले भने ‘बैंक जस्ता सेवाको कार्यालय राख्दा सबैको पायक पर्ने ठाउँ हेर्नु पर्छ, त्यो भनेको मेलुङका लागि बुद्ध चोक नै हो ।’
त्यसैगरी दोलखाकै गौरीशंकर गाउँपालिकाको गुरुम्फीमा पनि हिमालय बैंकले पनि शाखा खोलेको छ । उसले गाउँपालिका कार्यालय रहेकै निजी घरको २ कोठा भाडामा लिएर बैंक सञ्चालन गर्न लागेको हो । यि दुई गाउँपालिकामा बैंक खोलेसँगै दोलखाका सबै गाउँपालिकामा वाणिज्य बैंकको पहुँच पुगेको छ । तर तामाकोसी गाउँपालिकाको किर्ने र कालिञ्चोकको सिंगटीमा मात्र बैं भएकाले त्यसले पहुँच नपुग्ने सम्बन्धित स्थानीय तहका अध्यक्षहरुले गुनासो गरेका छन् ।

Shares

Be the first to comment on "पक्कि भवनमा बैंक, टहरामा विद्यार्थी"

Leave a comment

Your email address will not be published.


*