पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

ताजा समाचारको लागि फलो गर्नुहोस ।

खाँदबारी (सङ्खुवासभा) ३० जेठः सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् । —-

Shares

Be the first to comment on "पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते"

Leave a comment

Your email address will not be published.


*