प्रहरी जवानद्वारा निधारमा गोली हानी आत्महत्या

चरिकोट(दीस)– नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरक्षाका लागि खटिएका एक जना प्रहरी जवानले आत्महत्या गरेका छन् । दोलखाको मेलुङ–४ का अजित गोलेले आफैँले निधारमा गोली हानेको जनाइएको छ । उनको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँका प्रहरी प्रमुख वसन्त रजौरेले बताएका छन् । ।। गोलेले संसद् भवनको २ नम्बर गेटको शौचालयमा इन्सास राइफलबाट हत्या गरेको बताइएको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "प्रहरी जवानद्वारा निधारमा गोली हानी आत्महत्या"

Leave a comment

Your email address will not be published.


*