नेपालगञ्ज, २७ जेठ : अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ । लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति मौरीपालन उद्योग तथा पुरमल घरायसी किट जीन बैंक, कोहलपुर नगरपालिका–११ का पुरमल बस्नेतले रानी मौरीले गर्मीका कारण अण्डा पार्न छाडेको जानकारी दिनुभयो । उहाँले गर्मीले मौरीको प्रजनन क्षमता पनि कमजोर हुने जनाउँदै जिल्लाको कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहको दृश्यावलोकन स्तम्भमा तीन जना मौरीपालक कृषकका एक सय घार मौरीको बासस्थान निर्माण गरिएको बताउनुभयो । मौरीपालक कृषक बस्नेतले गर्मीबाट बचाउन मौरीलाई धेरै मेहनत गर्नुपर्ने जनाउँदै शीतल स्थान र खानेपानीको व्यवस्थापन जरुरी भएको र गर्मीका कारण मौरीलाई सकस छ, त्यसैले फूलमा आहार लिन जान पनि सक्दैनन् र मौरीको चाका पनि पग्लने डर हुन्छ”, उहाँले भन्नुभयो । कोहलपुरका केही मौरी पालक कृषकले गर्मी छल्न सुर्खेत आसपासका पहाडी जिल्लामा पनि मौरीको बासस्थान बनाएका छन् । खासगरी जेठ, असार, साउन र भदौ महिनामा धेरै गर्मी हुने भएकाले मौरीका लागि शीतल स्थानको खोजी हुने गर्छ । मौरीपालक कृषक बस्नेतले सामुदायिक वनमा जामुन, खयर भर्लोलगायत विभिन्न प्रजातिका रुखबिरुवा फुलेका र त्यसबाट केही आहारा मौरीले लिए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । “अहिले धेरैजसो कृत्रिम आहारा मौरीलाई दिनुपर्छ, चिनी र चास्नीको घोल बनाएर दिनुपर्छ”, उहाँले भन्नुभयो । बस्नेतले विदेशमा जस्तै नेपालमा पनि प्रविधि भित्र्याएर मौरीलाई शीतलता दिन सकिनेमा जोड दिँदै गर्मीले अहिले सबैभन्दा बढी प्रभाव मौरीलाई परेको बताउनुभयो । “पानी नपरुञ्जेलसम्म मौरीलाई शीतलतामा राख्छौँ, पानी परेपछि घर लैजान्छौँ”, बस्नेतले भन्नुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले कृषक नै अहिले धेरै सचेत भएको उल्लेख गर्दै मौरीलाई गर्मीबाट बचाउने छुट्टै प्रविधि नभएको बताउनुभयो । जिल्लाको कोहलपुरबाहेक खजुरा, वैजनाथ, राप्तीसोनारीलगायत पालिकामा कृषकले मौरीपालन गरेका छन् । केही कृषकले रैथाने जातको मौरी पालेका छन् । एउटा कृषकले उपकरणसहित न्यूनतम रु चार लाखदेखि रु १० लाखसम्म मौरीपालनमा लगानी गरेका छन् । —
बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

Posted By: दीक्षण दैनिक २७ जेष्ठ २०८१, आईतवार १३:४८

५ फाल्गुन २०८१, सोमबार १९:४५
नेकपा (एस) बागमती प्रदेशको अध्यक्षमा भीम दाहाल निर्वाचित
५ फाल्गुन २०८१, सोमबार २०:४२
दोलखामा राष्ट्रिय परिचय पत्र तथा राहदानी फर्म निःशुल्क भरिने
५ फाल्गुन २०८१, सोमबार २०:३९
भीमेश्वर मन्दिरबारे संस्कृतिविद गुरुङको अभिव्यक्तिप्रति आपत्ति
५ फाल्गुन २०८१, सोमबार २०:०६
कार्यसम्पादन मूल्याङ्कनमा दोलखाको भीमेश्वर नगरपालिका उत्कृष्ट
५ फाल्गुन २०८१, सोमबार २०:४६
भीमेश्वर नगरपालिकाले बंगुर पालन तथा माछा पालनकालागि पचास प्रतिशत अनुदान दिने
५ फाल्गुन २०८१, सोमबार १०:४३
आजको मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षात् को सम्भावना
५ फाल्गुन २०८१, सोमबार १९:२४
२०८१ फागुन ५ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
५ फाल्गुन २०८१, सोमबार ११:०८
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन
५ फाल्गुन २०८१, सोमबार २०:०२
क्षतिग्रस्त वीपी राजमार्गको १४ स्थानमा मर्मत थालियो
५ फाल्गुन २०८१, सोमबार २०:१५
जिरी भ्रमण वर्ष २०८१ को उद्घाटन
५ फाल्गुन २०८१, सोमबार १३:४६
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
५ फाल्गुन २०८१, सोमबार ११:००
Be the first to comment on "बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी"