बालक वर्षौ देखि पशु सरह दाम्लोमा

चरिकोट –उपचारको अभावमा एक बालक वर्षौदेखि पशु सरह दाम्लोमा बाँधिएर राखिएको छ । दोलखाको शैलुङ्गगाउँपालिका स्थीत वडा नम्वर–८ शैलुङ्गेश्वर चिलाउने खर्कका १३ वर्षीय सुब्बा तामाङ विगत ९ वर्षदेखि आफ्नै घर नजिकैको बाख्रालाई बाँध्नका वनाइएको खोरमा बन्दी जसरी दाम्लोले बाँधेर राखिएको छ । उनको कुनै पनि कुनै पनि अङ्ग नचल्ने अवस्थामा रहेको परिवारले बताएको छ ।
उनको जन्म २०६२ साल जेष्ठ ७ गते जेठो छोराको रुपमा भएको थियो । शुरुमा स्वस्थ भए पनि उनी २०६६ सालमा एक्कासि विरामी भई कुनै पनि अङ्ग नचल्ने भएको थियो । त्यसपछि खेत बारीमा काम गर्न जानु पर्ने भएकाले बाध्यताले दाम्लोमा बाँधिएर राख्नु परेको आमा सिता तामाङले बताइन । “कसलाई रहर हुन्छ र आफनो सन्तानलाई बाँधेर राख्न” तामाङले भनिन् ।


साथीभाइसँग खेल्ने र विद्यालय जाने उमेरको सुब्बालाई आफू दाम्लोमा बाँधिएको छु भन्ने कुनै पत्तो समेत छैन । न त उनी दिसापिसाब आयो भन्न सक्छन, न त कोहिकसैसँग दोहोरो कुराकानी नै गर्न सक्छन् ।
धेरै अस्पताल र धामी झाँक्रीकोमा लगेर उपचार गरे तापनि रोग निको नभएपछि सुब्बा चार वर्षको हुँदादेखि हालसम्म डोरीले बाख्राको खोरमा बाँधेर राखेको उनले बताइन ।“सुब्बालाई खुल्ला छोडेर राख्नै सकिदैन ।” आमा सीताले भनिन,“एकछिन छोडिदियो भने कुदेर कताकता पुग्छ, घर फर्कन जान्दैन, कुन ठाउँमा पुगेको छु भनेर केही थाहा पाउदैनन् , कोहिकसैसँग दोहोरो कुराकानी गर्न पनि सक्दैनन् ।”
घर नजिकै वन र भीर रहोकोले छोडिदिउ केही हुन्छ कि डरले घरमै बाँधेर राख्नुपरेको बताउँदै बाख्रासँगै खोरमा बाँधेर मेलापातमा जाने गरेको उनले बताइन ।
बाख्रासँगै खोरमा बाँधिएर बस्ने सुब्बा तामाङको उपचारको लागि परिवारले सक्दो प्रयास पनि गरेका छन् । आर्थिक अवस्था कमजोर रहेका परिवारले ऋण गरेर उपचार गरेपनि निको नभएपछि तामाङको परिवार अहिले चिन्तामा छन् ।

Shares

Be the first to comment on "बालक वर्षौ देखि पशु सरह दाम्लोमा"

Leave a comment

Your email address will not be published.


*