बोलेरोको ठक्करले बैतेश्वरका प्राविधिक खड्का घाइते

चरिकोट। बैतेश्वर गाउँपालिकाका प्राविधिक राजकुमार खड्कालाई बोलेरोले ठक्कर दिंदा घाइते भएका छन् । विहान ११ बजेतिर क्षेत्रपा मानेडाँडा नजिक उनलाई ठक्कर दिएको हो । वडा नं. ८ को योजनाको मूल्याङ्कन गरी मोटर साइकलमा फकृने क्रममा उनलाई बोलेरोले ठक्कर दिएको हो ।
“विहीबार विहानै मोटरसाइकलमा क्षेत्रपामा योजनाको अन्तिम मूल्याङ्कनमा गएका थिए” बैतेश्वर गाउँपालिकाका कर्मचारी गोविन्द बुढाथोकीले भने “फर्कने क्रममा बोलेरो आएको देखेर साइड दिए, तर बोलेरो तिब्र गतिमा आएको बोलेरोले खड्का चढेको मोटरसाइकललाई नै ठक्कर दियो ।”
ठक्करबाट खड्काको पातोमा चोट लागेको छ । चरिकोटमा उपचार हुन नसकेपछि घाइते खड्कालाई काठमाडौं लगिएको उनले जानकारी दिए ।
त्यसैगरी दोलखा भीमेश्वर नगरपालिका वडा नम्वर ६ चरिकोट स्थित भुसंरक्षण कार्यालय नजिकै विहिवार (आज) दिउँसो बलेरो दुघटना हुदाँ ५ जना घाईते भएका छन् ।
चरिकोटबाट कालिन्चोक तर्फ जाँदै गरेको बा १४ च २२५५ नम्बरको बलेरो अचानक अनियन्त्रित भई दुर्घटना हुँदा दोलखा मेलुङ गाउँपालिका वडा नंम्वर ५ का २४ वर्षिय बलेरोका सह चालक प्रकाश खडका, कालिन्चोक गाउँपालिका वडा नम्बर १ का ७० वषिय निमा छिरिङ तमाङ, २६ वर्षिय रोशन तामाङ, ३४ वर्षिय यम बहादुर तामाङ र मेलुङ गाउँपालिका वडा नम्वर १ पवटी का २५ वर्षिय ईश्वर तामाङ घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको सामुदायीक अस्पताल र चरिकोट अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ । घाईते मध्य सह चालक खड्काको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "बोलेरोको ठक्करले बैतेश्वरका प्राविधिक खड्का घाइते"

Leave a comment

Your email address will not be published.


*