भालुको आक्रमणबाट कालिञ्चोकमा दुइजना घाइते

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखाको कालिञ्चोक गाउँपालिका १ तारेभिरमा भालुको आक्रमणबाट एकै परिवारका दुइजना घाइते भएका छन् । घाइते हुनेहरुमा कालिञ्चोक गाउँपालिका १ तारेभिर निवासी ५५ वर्षिया सोम बहादुर तामाङ र उनका छोरा १८ वर्षिय विनोद तामाङ रहेका छन् ।
भुकम्प पछिको पुनर्निमार्णका लागि तारेभिर नजिकैको सेलेखोला जंगलमा काठ काट्न गएका सोम बहादुरका बाबुछोरालाई आक्रमण गरेको थियो । आइतबार मध्यान्हको १२ बजे तिर काठ काट्ने ठाउँ नजिकै स्थानीय मंगन जातको साग टिप्न गएका छोरा विनोदलाई कालो रङको भालुले आक्रमण गरेपछि विनोद चिच्याएका थिए ।
छोरालाई के भयो भन्दै बाबु सोम बहादुर छोरो भएको ठाउँमा पुग्दा भालुले विनोदलाई छोडेर बाबु सोमबहादुरलाई आक्रमण गरेको थियो । आक्रमणबाट सोमबहादुरको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनका छोरा विनोदको पनि पाखुरा र ढाडमा चोट लागेको उपस्वास्थ्य चौकी कालिञ्चोकका अहेब अनिल सिंह ठकुरीले जानकारी दिए । घाइतेहरुलाई रेबिजको संक्रमण हुन सक्ने भन्दै सदरमुकाम चरिकोट ल्याइदै छ ।

Shares

Be the first to comment on "भालुको आक्रमणबाट कालिञ्चोकमा दुइजना घाइते"

Leave a comment

Your email address will not be published.


*