मधुमेह के हो ? कसरी पत्ता लगाउने मधुमेह ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जानुका न्यौपाने

खानपानमा ध्यान नपु¥याउँदम बर्सेनी मधुमेहका बिरामी बढ्दै गएको विभिन्न स्वास्थ्य सम्बन्धी अध्ययनले बताएको छ । वंशाणुगत रुपमा सर्ने र कमैलाई लाग्ने यसका रोगी हाल अस्वथ खानपानका कारण बढ्दै गएका हुन् । विभिन्न चिकित्सकहरुका अनुसार पनि ३५ देखि ४५ वर्ष उमेर भएकामा यो समस्या बढी देखा पर्न थालेको छ । पहिले ५० देखि ६० को उभेरमा भएकामा मात्र यो मधुमेहको समस्या देखिन्थ्यो । अहिले खानपानको सन्तुल नमिल्दा र बेवास्ताका कारण कम उमेरमै मधुमेहको देखिन थालेको हो । नेपालमा कम्तिमा पनि १० देखि १२ प्रतिशत भन्दा बढी मधुमेहका शिकार रहेको अनुमान रहेको छ । यही अवस्था कायम रहे सन् २०२० सम्ममा नेपालमा कुल जनसंख्याको २० प्रतिशतमा मधुमेह हुने जोखिम रहेको देखिन्छ । ३५ वर्ष पुगेपछि मोटोपनसँगै उक्त जोखिम बढ्छ । ५० प्रतिशत कार्बोहाइड्रेड भएको खाना खानेले ३० प्रतिशतमा झार्नुपर्छ भने ३० प्रतिशत चिल्लो खानेले १० प्रतिशतमा झार्नसक्नु पर्छ । खानपान, शारीरिक व्यायाम लगायत मदिरा सेवन, धुम्रपान पनि गर्नु हुँदैन । यदि यस्ता आहार विहार र व्यवहारमा सुधार नगरे मधुमेहको जोखिम बढ्दै जान्छ ।
के हो मधुमेह भनेको ?
मधुमेह भनेको सामान्य भाषामा भन्नु पर्दा चिनी रोग हो । रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई मधुमेह भनिन्छ । चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ । अहिले हाम्रो जीवनशैली एकदम परिवर्तन भएको छ । मानिसहरु तनावपूर्ण जीवन बाँचिरहेकाछन् । खानपिनमा ध्यान दिंदैनौ । आफ्नो घरमा बनाएको खानाभन्दा बढी बजारमा पाइने प्रशोधित खानाप्रति मानिसहरुको रुचि बढेको देखिन्छ । चिल्लो क्यालोरीयुक्त खाना खाइरहेका हुन्छौं । समयमा खाँदैनौं । व्यायाम कम गछौं । हामी धेरै विलासी जीवन जिउन उद्दत छौं । विलासी भएका छौं । नजिकै जानुप¥यो भने पनि सवारी साधनको प्रयोग गछौं । समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्ने बानी छैन । टेबुल वर्क धेरै भएको छ । मासिन शारीरिक रुपमा अहिले सक्रिय छैन । त्यसैले रोग संसारभरि नै बढ्दै गइरहेको छ । संसारमा सबैभन्दा बढी मधुमेह चीन र भारतमा छ । विशेषगरी मधुमेह दक्षिण एशियामा बढी देखिएको छ । यी देशमा जीनमा नै मधुमेह हुने सम्भावना बढी देखिन्छ । केही अध्ययन र आकलन अनुसार नेपालको जनसंख्याको ८.३ प्रतिशत जनसंख्यामा मधुमेह रहेको छ । त्यो बढेर धेरै भइसकेको हुनसक्छ
कति प्रकारको हुन्छ मधुमेह ?
मधुमेह विशेषगरी दुई प्रकारको हुन्छ ।
पहिलो प्रकारमा इन्सुलिनको मात्रा शुन्य हुनु । बाँच्नको लागि इन्सुलिन नै चाहिन्छ । यो बालबालिकामा बढी देखिन्छ ।
दोस्रो प्रकारमा वयस्कहरुमा देखिन्छ । ३० वर्ष उमेर काटेकाहरुलाई प्रकार दुई अर्थात वंशाणुगत अवस्था । आजकाल मोटोपनाले गर्दा पनि बालबालिका वा किशोरावस्थामा समेत यो मधुमेह देखिन थालेको छ ।
जेसटेसनल मधुमेह
यो मधुमेह गर्भवती महिलामा देखिने गर्दछ । २४ देखि २८ हप्ताको बीचमा सुगरको मात्रा बढेर आउँछ । प्रशुती पछि हराँछ तर बेलैमा नियन्त्रण गरिएन भने त्यो दोस्रो प्रकारको मधुमेहमा परिणत हुनसक्छ । प्रसुतीपछि मेरो सुगर हरायो भनेर ढुक्क बस्नु हुँदैन । जीवनशैली तथा खानापानमा ध्यान दिनुपर्छ । संसारमा प्रत्येक ६ जना महिला मध्ये १ जनालाई यो भएको पाइएको छ । सेकेन्डरी मधुमेह प्यानक्राइटेज भएर वा सुगर बढाउने औषधी लामो समयसम्म प्रयोग गर्दा जेनेटिक सिन्ड्रोमको कारणले हुने भनेको यो मधुमेह हो ।
प्रकार दोस्रो सबैभन्दा बढी देखिएको मधुमेह हो। युवा उमेरमा मधुमेहदेखिन क्रम बढ्दो छ । त्यसको कारण नै अव्यवस्थित जीवनशैली हो । खेलकुदमा व्यस्त हुनुपर्ने बेलामा मोवाइलमा व्यस्त हुँदा बालबालिकामा पनि यो प्रकारको मधुमेह बढ्दै गएको छ । पहिलो पटक देखिए पनि यो लामोसमयसम्म नियन्त्रण नभएर आँखाको पर्दामा असर, मृगौलामा असर हुने जटिलता आउन सक्छ । मधुमेहको लक्षण सबैमा देखिंदैन । ५० प्रतिशतमा देखिन्छ र ५० प्रतिशतमा नदेखिन सक्छ । त्यसैले मानिसहरुले सुगर परिक्षण गर्दैनन् । मानिसहरुमा वर्षैदेखि मधुमेह हुन्छ तर समयमा थाहा पाउँदैनन । जब अरु रोगको जाँचपड्ताल हुन्छ तब मधुमेह परीक्षण गर्दा आँखाको पर्दालाई असर गरिसकेको हुन्छ । मृगौलालाई असर गर्न थालिसकेको हुन्छ । जटिलता बढीसकेको हुन्छ । यदि वर्ष दुई पटक भएपनि सुगरको मात्रा परीक्षण गराउँने हो भने समयमै थाहा पाएर ठीक हुने सम्भावना हुन्छ । कहिले आफूलाई मधुमेह छ भनेर स्वीकार्न नसक्ने मानिसहरु पनि हुन्छन् । उनीहरुलाई राम्रो परामर्शको आवश्यकता पर्दछ ।

लक्षण
थकाई लाग्ने
आलस्य हुने
अल्छीपना बढ्ने
पिसाब बढी लागीरहने
मुख सुख्खा हुने
खाना बढी रुच हुने, भोक बढी लाग्ने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि ।

अहिले मानिसमा चेतनास्तर बढेको छ । कोही फलोअप (पुन परीक्षण) मा नियमित पनि स्वास्थ्य संस्था जान्छन र परिवारमा कोही त्यो बिरामी छ भने आफूलाई पनि छ कि भन्ने शंकामा सुगर जाँचका स्वास्थ्य संस्था जान्छन् । भने, कोही औषधी खाँदै छोड्दै गर्नेहरु पनि छन् भेने कोही सबै थाहा हुँदाहुँदै पनि बेवास्ता गर्छन । कोही यति व्यसत भएजस्तो गर्छन कि स्वास्थ्य परीक्षणलाई पनि समय पुग्दैन । वास्तवमा लक्षणलाई पर्खेर बस्ने होइन वर्षमा दुई पटक सुगरको मात्रा जाँच गर्दा राम्रो हुन्छ । । एचबीएनसी परीक्षण बढी ध्यान दिनु पर्छ भन्छन चिकित्सकहरु । त्यो भनेको तीन महिनादेखि औसत चिनीको मात्रा देखाउने रगत जाँच हो । त्यो औसत मात्रा चाहिं प्रतिशतमा हुन्छ । सामान्य मानिसमा ५.७ प्रतिशत भन्दा कम सुगरको मात्रा हुन्छ । जसलाई सुगर छ, उसले एचबीएवनसीलाई ७ प्रतिशत भन्दा माथि राख्नु हुँदैन ।
२–४ वर्षदेखि लगातार ७ प्रतिशत भन्दा माथि भयो भने त्यसले आँखाको पर्दा, मृगौला, नसा सबैलाई असर गर्दछ । आँखाको पर्दालाई असर गरेर रगत जमेर आँखाको अन्धोपन निम्त्याउन सक्छ, हृदयघात भएर पक्षघात भई तत्कालै मृत्यू पनि हुन सक्छ । खुट्टाका नसालाई असर गरी खुट्टा काट्नु पर्ने अवस्था पनि आउन सक्छ । मृगौला फेल भएर डायलाइसिमिा बस्नुपर्ने अवस्था आउन सक्छ । एचबीएवनसी ७ प्रतिशतभन्दा माथि भयो भने यस्तो जोखिम तथा जटिलता निम्तिन सक्छ । कम्तिमा ६ महिनामा एक पटक एचबीएवनसी परीक्षण गराइयो भने यी जटिलताबाट बच्न सकिन्छ ।
घरमा पनि आफैं मधुमेह जाँच गर्न सकिन्छ ग्लुमिटरले । जो काममा व्यस्थ छन् उनीहरुले यो प्रयोग गर्न सक्छन् । यसमा मधुमेहका बिरामीको सुगर खालीपेटमा १३० मिलिग्राम –डिएल भन्दा तल हुनुपर्छ र खाना खाएको दुई घण्टा पछि १८० मिलिग्राम–डिएल भन्दा तल हुनुपर्छ । त्यति भयो भने सुगरको मात्रा नियन्त्रणमा छ भन्ने मानिन्छ । यति भयो भने एचबीएवनसी स्वतः ७ प्रतिशत भन्दा तल आउँछ । मुख्यतः हरेक मानिसले आफूलाई समस्या नभए पनि वर्षमा दुई पटक शरीरको जाँचगराउनु राम्रो हुन्छ । जसलाई मधुमेह छ उनीहरुले एचबीएवनसी जाँच कम्तिमा वर्षमा २ पटक गराउँदा त्यसको लेभल ७ प्रतिशत मुनि राख्न सक्नु पर्छ । जीवनशैली परिवर्तन गर्नुपर्छ । खानपिनमा ध्यान दिनु पर्छ, समयमा खाने, कम्तिमा आधा घण्टा नियमित व्यावाम गर्ने, तनाव कम लिने, मोटोपन नियन्त्रण गर्ने कुरामा ध्यान दिइयो भने मधुमेहबाट बच्न सकिन्छ । मधुमेह भएका धेरैको मोटोपना छ । शुरुमा जीवनशैली सुधार्ने काम गर्नुपर्छ त्यसपछि औषधी चलाउनु पर्छ । त्यो भएन भने इन्सुलिन लिनु पर्छ । अहिले नयाँ औषधीहरु आएका छन् जसले मुटु रोग लाग्ने सम्भावना कम गरिदिन्छ । शरीरमा चिनीको मात्रा एकदम कम भएको पनि राम्रो होइन । हाइपोग्लाइसेमिया भनेको चिनीको मात्रा एकदम कम हुनु हो । कुनै पनि औषधीको मात्रा मिलेन वा यदि खाना समयमा भएन भने सुगरको मात्रा चाहिेनभन्दा पनि कम हुनजान्छ । सामान्य मानिसमा चिनीको मात्रा खाली पेटमा १०० मिलि–डिएलभन्दा कम हुन्छ । खाएपछिको २ घण्टा पछि चाँहि १४० मिलि–डिएलभन्दा कम हुन्छ । सुगर हुनलाई खाली पेटमा १२६ मिलि–डिएल हुन्छ भने खाएको दुई घण्टापछि २०० मिलि–डिएलभन्दा माथि भयो भने सुगर हुन्छ । मधुमेह भइसकेकाले खाली पेटमा १३० मिलि–डिएलभन्दा कम राख्नु प¥यो भने खाना खाएपछि १८० मिलि–डिएलभन्दा कम राख्नु प¥यो । तर कुनै पनि बेला ७० मिलि–डिएलभन्दा कम हुनदिनु हुँदैन त्यो झन खतरनाक हुन्छ ।
सुगरको मात्रा कम भयो भने मान्छे बेहोस भएर ज्यान पनि जानसक्छ । समयमा खानुपर्छ र कहिलेकाहिँ औषधीको डोजको मात्रा पनि मिलाउनुपर्ने हुनसक्छ । यसमा लक्षण भनेको मुटु काम्ने, हात थरथराउने, पसिना आउने, भोक लाग्ने किसिमको भयो भने सुगर लो वा कम भएको मान्ननु पर्छ र तुरुन्त गुलियो खानु पर्छ ।

नेपालमा मधुमेहका बिरामीहरुमध्ये २९ प्रतिशतलाई डिप्रेशन

संसारका मानिसहरुमा मधुमेश सम्बन्धी चेतना अभिवृद्धि गरी स्वस्थ जीवन यापन गर्न र स्वास्थ्य नै धन हो भनेर बुझाउने उद्देश्यले हरेक वर्ष विभिन्न नाराका साथ नोभेम्बर १४ का दिन विश्व मधुमेह दिवश मनाइन्छ ।
मधुमेह सरुवा रोग नभएतापनि यसलाई पारिवारिक रोग भन्दा फरक पर्दैन । परिवारको एकजना समस्यलाई मात्र मधुमेह भएमा सम्पूर्ण परिवारलाई नै असर गर्नसक्छ । परिवारका सम्पूर्ण सदस्यको जीवनशैली, खानपिन, एक आपसको सम्बन्ध, आर्थिक तथा मानसिक रुपमा प्रत्यक्ष असर देखिने विभिन्न विज्ञहरुका भनाई, लेखाई र समय–समयमा सार्वजनिक गरिएका तथ्याङ्कहरुले बताएको छ ।
परिवारको कुनै एकजनालाई मधुमेह भएमा अरु सदस्यलाई ढिलो चाँडो मधुमेह हुने सम्भावना ७५ प्रतिशत हुन्छ भन्ने तथ्यहरु पनि भेटिएका छन् । त्यसैले मधुमेहलाई वंशाणुगत रोग मानिन्छ ।
नेपालमा मधुमेहका विरामीहरुमा २९ प्रतिशतलाई डिप्रेशन भएको भन्ने भनाई मधुमेह रोग विशेषज्ञहरुको रहेको पाइन्छ । डिप्रेशनले मधुमेहमा झन नकारात्मक असर पार्न सक्दछ । त्यसकारण यो हुन नदिनमा परिवारको महत्वपूर्ण भूमिका रहन्छ । घरको भान्सामा बन्ने परिकारहरु र खाने समय सबैको एकै किसिमको हुनु जरुरी छ । क्यालोरी बढी भएको खानेकुराहरु जस्तै ः अन्न, चिल्लोयुक्त खानेकुराहरु, चिनी र ग्लुकोजजन्य खानेकुराहरु, मैदाको पिठोबाट बन्ने परिकारहरु आदि कुराहरु खानमा कमी ल्याउनु पर्ने हुन्छ । रेसादार खानेकुराहरु जस्तैः हरियो सागसब्जी, सिस्नोको साग, तितेफापर, तितेकरेला, सलाद, फलफूल आदिको मात्रा बढाएर खानु पर्दछ । रातो मासु खान कमी गर्नु पर्छ । यी खानपिन सम्बन्धी परहेजका कुरा मधुमेहका समस्या भएकाहरुले मात्र नभइ परिवारका सबै सदस्यहरुले पनि सोही आहार विहार गर्नु जरुरी छ । मधुमेह भएकाहरुसँग परिवारका अन्य सदस्यहरुले पनि व्यायाम गरेर शारीरिक तौललाई नियन्त्रण गर्नु जरुरी छ ।
परिवारका सबै सदस्यहरुले मधुमेह भएका सदस्यसँग नियमित कुराकानी गर्ने, अन्तरव्यक्ति सम्बन्ध सुमधुर राख्ने, सकारात्मक रुपमा उसका हरेक गतिविधीलाई हौसला दिने, सम्मान गर्ने, कुनै गलत दोष नलागाउने, हिनताबोध नगराउने गर्नु पर्दछ । मधुमेह भएको सदस्यले भोग्नु परेका समस्याहरुलाई सबैजना मिलेर समाधान गर्न लाग्ने । नियमित रुपमा रगतमा मधुमेहको जाँच र चिकित्सको परामर्श लिइरहनु पर्छ र लिन सहयोग गर्नु पर्छ । चिकित्सकको सल्लाह वा परामर्श लिन जाँदा परिवारका अन्य सदस्यहरु सँगै जाँदा राम्रो हुन्छ । आफू पनि मधुमेहको जोखिममा पर्ने हुनाले जोखिमबाट बच्न के के गर्नु पर्दछ भन्ने कुरा चिकित्सकसँग जानकारी लिइरहनु पर्छ र मधुमेह सम्बन्धी शिक्षा आफूले पनि अवलम्वन गर्नु पर्दछ ।
अहिले विश्व स्वास्थ्य संगठनद्वारा संसारभरि करीव ४२ करोड भन्दा बढी मधुमेहका बिरामीहरु छन् भन्ने अनुमान गरेको छ । र, आउँदो २५ वर्षमा यो संख्या बढेर ६२ करोड भन्दा माथि पुग्ने आँकल पनि गरिएको छ । अहिले विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय डाइवेटिज फेडेरेसन (मधुमेह नेटवर्क) लगायत सबै स्वास्थ्यसँग सम्बन्धित क्षेत्र मधुमेह रोगीको संख्या घटाउनतर्फ लागिपरेका छन् । मधुमेह लाग्नबाट बच्न सकिने हुनाले यो कुराको चेतना, सूचना सर्वत्र प्रचार गर्नु जरुरी छ । मधुमेहको दीर्घकालीन उपचार महँगो हुादै गएको छ । नियमित औषधी सेवन, औषधीको संख्या र मात्रा बढाउँदै जानु पर्ने, मधुमेह लामो समयसम्म नियन्त्रणमा राख्न नसकेमा यसले आँखाको रेटिनामा असर, मुटुमा असर, पक्षघात, मृगौलामा खराबी आउने, खुट्टाको घाउ निको नभएर खुट्टा काट्नु पर्ने, क्यानसर हुनसक्ने अवस्था आएर उपचार महँगो पर्छ । त्यसैले गर्दा बिरामी तथा बिरामीको परिवारलाई ठूलो आर्थिक भार पर्दछ । त्यसकारण पनि परिवारका सबै सदस्य मिलेमा नै आर्थिक भार कम गर्न सकिन्छ । मधुमेहका बिरामीहरुले मधुमेह लाग्यो भन्दैमा काम नगरी घरमै बस्ने, आत्तिने गर्नु हुँदैन । आफूले नियमित गरिराखेको काम निरन्तर जारी राख्नु पर्दछ । केवल खानपिन सम्बन्धी र शारीरिक व्यायाम सम्बन्धी अनुशासीत बन्नु पर्छ र समयमै खाना खाने, खाना मिलाएर खाने एवं नियमित व्यायाम गर्ने गरेमा आफ्नो जुनसकै पेशा, व्यवसाय वा काम छोड्नु पर्दैन ।
मधुमेहको बिरामीहरुले खाना समयमा नखाएमा वा अन्य कारणले कहिलेकाहीँ सुगर चाहिने भन्दा पनि कम भएर शरीरमा पसिना आउने, भोक लाग्ने, हात र जीऊ काम्ने, मुटुको ढुकढुकी बढ्ने र बेहोस सम्म पनि हुनसक्छ । यी लक्षणहरुको बारेमा परिवारकासबै सदस्यहरुले जानकारी राख्नु जरुरी हुन्छ । यी लक्षणहरु देखा परेमा तुरुन्तै ग्लुकोज पानी वा गुलियो पदार्थ खानु वा खुवानु पर्दछ । महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुमा मधुमेह भएमा परिवारले अझ विशेष ध्यानु दिनु पर्ने हुन्छ । महिलाहरु घरमा सबै सदस्यहरुलाई खाना खुवाएपछि मात्र आफूले खाना खाने प्रचलन छ । खाना खान ढिलो गरेमा सुगर कम भएर गाह्रो हुनसक्छ । त्यसैले महिलाहरुले सयमा सबैजनासँग खाना खानु पर्दछ र परिवारले यसमा सहजता कायम गर्नु पर्दछ । बालबालिका र ज्येष्ठ नागरिकहरु आफैं आफ्नो स्याहार, हेरबिचार गर्न नसक्ने हुनाले उनीहरुलाई समयमै खाना खुवाउने, औषधी खुवाउने वा इन्सुलिनको इल्वेक्सन लगाईदिने र निरन्तर निगरानीमा राख्ने दायित्व परिवारका सबै सक्रिय सदस्यको हुनु पर्छ ।
परिवारमा कसैलाई मधुमेह भएमा परिवारको जिम्मेवारी महत्वपूर्ण हुन्छ । मधुमेह नियन्त्रणमा यसका दीर्घकालीन असरहरुबाट बच्न तथा डिप्रेशनबाट बच्न परिवारका सम्पूर्ण सदस्यको व्यवहार सकारात्मक हुनु जरुरी छ । परिवारबाट प्राप्त हुने हौसला, सहयोगले नै मधुमेह बिरामीको आत्मबल बढ्छ । परिवारका सम्पूर्ण सदस्यलाई पनि आफ्नो स्वास्थ्यको ख्याल राख्न र मधुमेहबाट जोगिन प्रेरणा मिल्दछ ।

Shares

Be the first to comment on "मधुमेह के हो ? कसरी पत्ता लगाउने मधुमेह ?"

Leave a comment

Your email address will not be published.


*