मानवीय क्रियाकलापले बन्यजन्तु संकटमा

नदी तथा नदी आसपास हुने मानवीय क्रियाकलापले जलप्राणीहरु संकटमा पर्न थालेका छन् । यसको पछिल्लो उदाहरण नदीहरुमा माछाको संख्यामा कमी आउनु पनि एक हो । एकातिर विश्वब्यापी तापक्रम बृद्धिले जलीय जीवहरु संकटमा परीरहेका छन् भने अर्कोतिर नदीनालामा मानवीय कृयाकलापले हुने प्रदुषण, गिटीबालुवाको अबैज्ञानिक उत्खनन्, नदी आसपासमा बन्ने भौतिक संरचना आदिले जलीय जीवहरुको संख्यामा भारी कमी आएको छ ।
नदीहरुमा जलजीवहरु के कति मात्रामा घटे तथा कुन कारणले घटे भन्ने बारेमा नेपालमा त्यति धेरै अध्ययन भएको पाइँदैन । तर कतिपय जात(जातिमा रहेका परम्परागत ज्ञान सिप र अनुभवको आधारमा जलीय जीव घटेको अनुभव भएको छ ।
उदाहरणार्थ माझी समूदाय, जो नदीमा माछा मारेरै आफ्नो जीवन गुजारा चालाउँछ । त्यो समूदायको रोजीरोटी अहिले संकटमा परेको छ । अर्थात नदीमा माछा कम पाइन थालेको माझी समूदायको अनुभव छ । दोलखाकै तामाकोशी गाउँपालिका वडा नम्बर एक भीरकोटका माझी समूदायको अनुभवलाई मान्ने हो भने तामाकोशी नदीमा अहिले माछा कम भएका छन् । माछा मारेरै जीवन गुजारा गर्ने उनीहरु अब के पेशा गर्ने भनेर चिन्तित छन् ।
नदीमा बाढी पहिरो आएर माछा कम हुनु प्राकृतिक कुरा हो । त्यसलाई रोक्न सकिन्न । तर मानवीय क्रियाकलापले हुने नदी प्रदूषण, नदीजन्य पदार्थ उत्खनन्, नदी आसपास निर्माण हुने भौतिक संरचना जस्ता कार्यलाई भने ब्यवस्थित अनि वातावरण मैत्री ढंगले सम्पन्न गर्न सकिन्छ । यसले जलीय जीव माथी आएको संकटलाई कम गर्न पक्कै मद्दत पुग्ने छ । तसर्थ विकासका कार्यहरु वातावरण मैत्री हुनु आवश्यक छ । यसतर्फ सरोकारवाला सबैले ध्यान दिनु जरुरी छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "मानवीय क्रियाकलापले बन्यजन्तु संकटमा"

Leave a comment

Your email address will not be published.


*