राजनीति विदेशी कम्पनीले नेपाली कामदार माग्दा नेपाली नियोगको प्रमाणित अनिवार्य

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । विदेशी रोजगारदाता कम्पनीले नेपाली कामदार माग्दा त्यस देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गर्नुपर्ने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको हो । वैदेशिक रोजगार माग निर्देशिका २०७५ जारी गर्दै सरकारले अब विदेशस्थित रोगजारदाता कम्पनीले नेपाली कामदार माग गर्नुपरेमा त्यस देशमा रहेको नेपाली नियोगले प्रमाणित गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
त्यसैगरी बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ ।
यसअघिसम्म रोजगारकालागि विदेश जाँदा नेपाली युवा कामदारहरुको विदेशमा विचल्ली पर्ने गरेकाले त्यस्तो नहोस् भन्ने हेतुले विदेश जाँदा नै नियोगले प्रमाणित गरेरमात्र जान पाउने व्यवस्था हुने भएको छ । कुनै वैदेशिक कम्पनीले जनशक्ति मागेको हो वा होइन, या ठगी गरेर युवालाई झुक्याएर विदेश पठाउन लागेको त होइन ? भन्ने विषयलाई नियोगले नै छानविन पश्चात् प्रमाणित गरी पठाउने व्यवस्थाकालागि सो निर्णय गरिएको राज्यमन्त्री बाँस्कोटाले प्रष्ट पारे ।

Shares

Be the first to comment on "राजनीति विदेशी कम्पनीले नेपाली कामदार माग्दा नेपाली नियोगको प्रमाणित अनिवार्य"

Leave a comment

Your email address will not be published.


*