दोलखाको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । एकल तथा विपन्न महिलाको आर्थिक शशक्तिकरण र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले ५० प्रतिशत साझेदारीमा नगरले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार एकल तथा विपन्न महिलालाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउन कार्यक्रम सञ्चालन हुने बताउनुभयो। श्रीमानको निधनपछि साथ खोजिरहेका एकल र विपन्न महिलालाई कार्यक्रमबाट लाभान्वित हुँदा स्थानीय सरकारको सहयोग र साथ रहेको प्रत्याभूति मिल्ने उहाँले विश्वास गर्नु भयो । कार्यक्रमको लागि नगरपालिकाले ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले ५० प्रतिशत लागत व्यहोर्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो। कार्यक्रममा सहभागी हुन ईच्छुकले माघ १८ गतेभित्र आवेदन भर्न उहाँले अनुरोध गर्नु भयो।
लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम गर्ने

Be the first to comment on "लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम गर्ने"