श्रीमतीको हत्या गरि फरार तामाङ पक्राउ

चरिकोट– आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय दोलखाले आज पक्राउ गरेको छ । जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातलका ३५ वर्षिय तस्विर तमाङ श्रीमतीको हत्या गरी फरार भएको दुई दिनपछि आज पक्राउ परेका हुन् । तमाङलाई रामेछापको मन्थली चेक पोष्टबाट आज विहान साँढे ६ बजे पक्राउ गरीएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले जानकारी दिए । सालोको विवाहमा गएका तमाङ आफ्नै श्रीमती ३३ वर्षिया राममाया तमाङको हत्या गरी सोमबारदेखि फरार रहेका थिए ।

Shares

Be the first to comment on "श्रीमतीको हत्या गरि फरार तामाङ पक्राउ"

Leave a comment

Your email address will not be published.


*