समझदारी आबस्यक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

माथिल्लो तामाकोशी देशको गौरवको आयोजनाको रुपमा रहेका आयोजना बेलामा विभिन्न कारण ढिला भएको छ । आफनो लक्ष्यका साथ निर्माण भइराखेको यस आयोजना अबरोध आउने गरेको छ । कहिले भुकम्पको कारण , कहिले समान ढुवानी गर्ने कम्पनी कारण ढिला भएका छन । स्वदेशी मोडल बाट निर्माण भएको आयोजना ढिला हुन भनेको देशलाई ठुला घाटा हो । सेयर निस्कासन तयारीमा रहेको यस आयोजना विभिन्न कारण आफनो लक्ष्यमा काम हुन सकेको छैन ।
स्थानीय सेयर खुलाउने प्रक्रियामा रहेको अपर तामाकोसी सेयर सरोकार संयुक्त संघर्ष समितिले तामाकोसी जलबिद्युत आयोजनाको अनियमितता उपर छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी दिएको सामाचार वाहिर आएको छ । सरोकार समितीले आयोजनाको काममा अनावश्यक ढिलासुस्ती गरी लागत बढाउन आयोजनासँग सम्बन्धित अधिकारी चलखेलमा लागेको भनि छानविन गरी कारवाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको बताएको छ । यदी आयोजनामा अनिमियता भएकोे हो त्यसको छानविन हुनू जरुरी रहेको छ । छानविनको नाममा आयोजनाको काम अबरोध भएमा त्यसले आयोजनमा अबरोध हुने छ । अख्तियारमा उजुरी दिँदै १० प्रतिशत शेयर जिल्लाबासीहरुलाई वितरण गर्नुपर्नेमा सो नगरी अनाधिकृत तह र निकायबाट अनाबश्यक निर्णय गराएको भन्दै सो कार्य स्थगित गर्न समेत माग गरेको छ । सेयरको विषयमा सर्वदलिय बैठकले सेयर मोडल विषय टुङयाएको छ । सबैलाई त्यसमा चित्त नबुझेएको हुन सक्छ । त्यसलाई छलफल गरेर टुङगाउन सकिन्छ । तर विभिन्न्न बाहाना यस्तो महत्व वोकेको आयोजना ढिला गर्नू हुन्न ।
अर्को समस्या सामन ढिला गर्ने कम्पनीलाई अर्को बिकल्प खोजी सम्बन्धित कम्पनीले गर्नू आबस्यक रहेको छ । तामाकोशी ढिला हुनु भनेको देशका तामाकोशी जस्ता अव वन्ने आयोजना ढिला हुन हो । यस मोडलललाई अध्ययनबाट बन्ने आयोजना ढिला हुने छ । अनियमिता भएको हो भने त्सलाई छानविन गर्नू जरुरी रहेको छ । कहिले काँही अनाबस्यक अवरोध देशको विकास हानिकार हुने छ । त्यस तर्फ सबै ध्यान जानु जरुरी रहेको छ ।

Shares

Be the first to comment on "समझदारी आबस्यक"

Leave a comment

Your email address will not be published.


*